विधानको पूर्ण जानकारी नभएकाद्धारा मेरो उम्मेदवारीको विरोध : नेता नेपाल

काठमाण्डु टुडे २०७१ जेठ २३ गते ७:५० मा प्रकाशित

विराटनगर, २३ जेठ – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आगामी अधिवेशनमा आफ्नो अध्यक्ष पदको उम्मेदवारी पार्टीको विधानविपरीत नभएको स्पष्ट पारेका छन् ।

madhav kumar nepalविराटनगर विमानस्थलमा शुक्रबार बिहान सञ्चारकर्मीसँगको भेटमा नेता नेपालले पार्टीको विधानको पूर्ण जानकारी नभएकाहरुले आफ्नो उम्मेदवारीमाथि विभिन्न आरोप लगाउने गरेको धारणा व्यक्त गरे ।

उनले पार्टीप्रति उत्तरदायी र जिम्मेवार व्यक्ति अगाडि आए नेतृत्व चयनका लागि सहमतिको बाटो अहिले पनि खुल्ला रहेको उल्लेख गरे ।

नेता नेपालले एकीकृत माओवादीलाई संसद् अवरुद्ध गर्नुभन्दा संवाद र सहमतीबाट समस्या हल गर्न अघि बढ्न आव्हान गरे ।

उनले एमाओवादीको संसद् अवरुद्ध गर्ने कार्यले संविधान निर्माणमा असर परेकाले एमाओवादी नेतालाई संविधान निर्माणप्रति गम्भीर हुन आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us