मदिराले मातेकी काँग्रेस नक्कली केन्द्रिय सदस्यले ठगिन् अर्को पार्टीकी नेता

काठमाण्डु टुडे २०७१ जेठ २३ गते १०:१५ मा प्रकाशित

काठमाण्डु, २३ जेठ – आफुलाई कांग्रेसको केन्द्रीय सदस्य बताउने मोरङकी गीता वलीले काठमाडौं कपन १ फौका टोल निवासी आशा माया श्रेष्ठको १५ हजार रुपैया र गर–गहना लुटेर फरार भएकी छन् ।

मोरङ निवासी वलीले घुम्न जाँउ भनेर दोलखा चरिकोटको फ्लोरा पार्क होटलमा पु¥याई रातको समयमा घाटी थिचेर पैसा र गरगहना लुटेको पीडित श्रेष्ठले बताएकी छन् ।

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आशा मायाले आफुले घर बेचेको थाहा पाएपछि घुम्न जाउ भनेर दोलखा पु¥याएर वलीले धम्क्याएको बताइन । दोलखमा मदिरा सेवन गरी कांग्रेस पार्टीकै धम्की दिएर वलीले आफ्नो औठी र सिक्रि फुकाल्नुका साथै एक लाख रुपैया नदिए मार्ने चेतावनी समेत दिएको श्रेष्ठको गुनासो छ ।

पत्रकार सम्मेलनमा उनले भनिन्– होटलको कोठामा हामीसंगै गएकी साथीले छुट्टाउन खोज्दा समेत नसकेपछि आफुसंग भएको गहना र १५ हजार रुपैया दिएर बाच्न सफल भए ।

गिताले अहिले पनि आफुलाई फोन गरेर धम्क्याउने गरेको भन्दै श्रेष्ठले आशालाई कारबाही गर्न सम्बम्धीत निकायसंग आग्रह गरेकी छन । गीताले आफूसंग प्रहरीका उच्च अधिकारीहरुसंग राम्रो सम्बन्ध भएको भन्दै अन्य सर्वसाधारण व्यक्तिहरुलाई समेत मुद्धामामिला मिलाईदिने लोभ देखाएर पैसा असुल्ने गरेको आशाको दाबी छ ।

आफु जनप्रजातान्त्रिक पार्टीको केन्द्रिय सदस्यसमेत रहेको जानकारी गराउँदै पीडित श्रेष्ठले भनिन्–एउटा निर्दोष महिलामाथि दुव्र्यवहार भएको छ, मैले अवश्य न्याय पाउँछु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us