समाचार

आफूले रकमान्तर गर्दा ठीक अरुले गर्दा बेठीक भन्न मिल्दैन : उपप्रधानमन्त्री सिंह

२०७१ जेठ २५ गते ३:२३

विराटनगर २५ जेठ –उप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानसभा भन्दा उच्चस्तरीय राजनीतिक संयन्त्र ठूलो नहुने बताएका छन् । सिंहले शान्ति प्रक्रिया टुग्याउने बिषयमा राजनीतिक संयन्त्रको खाँचो परेपनि संविधानसभा भन्दा माथिको निकाय हुन नसक्ने बताए । नेपाल प्रेस युनियन बिराटनगरले आइतबार गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले संसदको...

अबरुद्ध संसद आजदेखि सुचारु हुने

२०७१ जेठ २५ गते २:३५

काठमाण्डु, २५ जेठ –अबरुद्ध संसद् आज सुचारु हुने भएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच हिजो बेलुका भएको छलफलले दिउसो संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने प्रमुख तीन दलका शीर्ष नेताको बैठकले सहमतिलाई अन्तिम रुप दिँदै अवरुद्ध सदन सुचारु गर्ने निर्णय गरेको थियो ।...

राप्रपा विवाद झन् चर्कियो, राणालाई अध्यक्ष बनाउने तयारी

२०७१ जेठ २५ गते २:२९

काठमाण्डु, २५ जेठ – नेतृत्व हस्तान्तरणको विषयलाई लिएर सुरु भएको राप्रपाभित्रको विवाद छताछुल्ल अवस्थामा पुगेको छ । अध्यक्ष सूर्यबहादुर थापाले केन्द्रीय समिति बैठकमार्फत पशुपतिशमशेर राणालाई अध्यक्ष बनाउने तयारी गरेका छन् । त्यसका लागि राप्रपा केन्द्रीय समितिको बैठक आज बस्दैछ । थापाले केन्द्रीय समिति बैठकमा...

सहाना प्रधानको अवस्था गम्भीर

२०७१ जेठ २५ गते १:३५

काठमाण्डु, २५ जेठ – एमाले नेतृ सहाना प्रधानको स्वास्थ्यमा गएरातिसम्म कुनै सुधार आएको छैन् । श्वसाप्रश्वासमा एक्कासि कठिनाइ देखापरेपछि परिवारले उनलाई बल्खुस्थित बयोधा अस्पतालमा शुक्रबार बिहान भर्ना गरेका थिए । अस्पतालले प्रधानलाई मस्तिष्कघात र निमोनियाको संक्रमण भएको जनाएको छ । भर्ना भएदेखि नै उनलाई...

एमाले कार्यकर्ताको कुटाइबाट पत्रकार घाइते

२०७१ जेठ २४ गते १३:५५

काठमाण्डु, २४ जेठ– एमाले कार्यकर्ताको कुटाइबाट नेपाल पत्रकार महासंघ धादिङका सदस्य ठाकुर गुरुङ गम्भीर घाइते भएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का धादिङ अध्यक्षसमेत रहेका उनको टाउकोमा गम्भीर चोट लागेको छ । गुरुङको काठमाण्डुको बालाजुस्थित जनमैत्री अस्पतालमा उपचार भइरहेको नेपाल पत्रकार महासंघ...

एमाओवादीले भट्टराई पक्षको कार्यविभाजनबारे छानबिन गर्ने

२०७१ जेठ २४ गते १३:४०

काठमाण्डु, २४ जेठ– एकीकृत नेकपा माओवादीले असन्तुष्ट नेता बाबुराम भट्टराई पक्षले गठन गरेको समानान्तर पार्टी कमिटीबारे छानबिन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्रव पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले त्यस सम्बन्धमा आन्तरिक छानबिन गर्ने निर्णय गरेको हो । ‘भट्टराई पक्षले पार्टीभित्र पार्टी...

निर्वाचन धाँधली, रकमान्तर र एआईजी बढुवा छानबिन समिति बन्ने

२०७१ जेठ २४ गते ११:५३

काठमाण्डु, २४ जेठ– अवरुद्ध व्यवस्थापिका–संसदको बैठक सुचारु गर्न प्रमुख राजनीतिक सहमतिनजिक पुगेका छन्। प्रधानमन्त्री सुशील कोइरालाको पहलमा शनिबार बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सकारात्मक भएको बैठकपछि नेताहरुले बताएका छन् । दलहरुबीच बजेट रकमान्तर, संविधानसभा निर्वाचनमा भएको धाँधली र नेपाल प्रहरीको एआईजी...

अब संसद् अवरुद्ध हुँदैन: पुन

२०७१ जेठ २४ गते ११:५२

काठमाण्डु, २४ जेठ– एकीृकत नेकपा माओवादीका सचिव वर्षमान पुनले रकमान्तरको विषयलाई भन्दा राजनीतिक सहमति कार्यान्वयन गर्न सरकारले आनाकानी गरेका कारण संसद् अवरुद्ध भएको बताएका छन् । रिपोर्टर्स क्लबले शनिबार राजधानीमा गरेको कार्यक्रममा पुनले आइतबारदेखि संसद् बैठक अवरुद्ध नगर्ने बताए । पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले...

विद्या भन्छिन्, ‘अरुलाई हेर्‍यौं पटकपटक केपी ओलीलाई हेरौं यसपटक’

२०७१ जेठ २४ गते ११:१०

काठमाण्डु, २४ जेठ– एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले नवौं महाधिवेशनमा केपी शर्मा ओली सर्वसम्मत अध्यक्ष नभए चुनाव हुने बताएकी छन् । प्रेस चौतारी काठमाण्डुले शनिबार राजधानीमा गरेको कार्यक्रममा भण्डारीले सहमति भए ओलीकै नाममा हुनुपर्ने र नभए चुनाव हुने बताइन् । ‘पदाधिकारीमा सर्वसम्मत गर्ने प्रयास हुन्छ’,...

प्रचण्ड र केपी ओलीको एउटै निष्कर्ष: सरकार सुस्त र गतिहीन

२०७१ जेठ २४ गते ९:५७

काठमाण्डु, २४ जेठ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले संसदीय दलका नेता केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । ओलीको स्वास्थ्य बुझ्न प्रचण्ड शनिबार बिहान ओली निवास बालकोट पुगेका थिए । नेता ओली थाइल्याण्डको बैंककमा एक महिना लामो उपचार गराएर केही दिनअघि...

गुटगत भेला र आरोप–प्रत्यारोपबारे एमाले अनुशासन आयोगको आपत्ति

२०७१ जेठ २४ गते ९:४६

काठमाण्डु, २४ जेठ– एमाले अनुसन्धान आयोगले नवौं महाधिवेशन तयारीका क्रममा पार्टीभित्र गुटगत भेला तथा एक अर्काप्रति असहिष्णु आरोप–प्रत्यारोप गरेको भन्दै आपत्ति जनाएको छ । आयोग सचिवालयको शनिबारको बैठकले गुटगत बैठक र भेला भएको, फरकफरक सम्पर्क कार्यालय स्थापना गरेको तथा विभिन्न तहमा आ–आफ्नै रुचि समूहको...

लोकमानले भने, ‘नेतालाई पनि छाड्दिन’

२०७१ जेठ २४ गते ९:३०

काठमाण्डु, २४ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह राजनीतिक नेतृत्वलाई पनि नछाड्ने चेतावनी दिएका छन् । राजधानीमा शनिबार भएको एक कार्यक्रममा उनले नेताहरुका अकुत सम्पत्तिबारे छानबिन भइरहेको बताए । जनस्तरबाट बारम्बार नेताहरुलाई कहिले समाउने भन्ने प्रश्न उठ्ने गरेको भन्दै कार्कीले प्रमाण भेटिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us