आफूले रकमान्तर गर्दा ठीक अरुले गर्दा बेठीक भन्न मिल्दैन : उपप्रधानमन्त्री सिंह

काठमाण्डु टुडे २०७१ जेठ २५ गते ३:२३ मा प्रकाशित

Prakash-Man-Singhविराटनगर २५ जेठ –उप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानसभा भन्दा उच्चस्तरीय राजनीतिक संयन्त्र ठूलो नहुने बताएका छन् ।

सिंहले शान्ति प्रक्रिया टुग्याउने बिषयमा राजनीतिक संयन्त्रको खाँचो परेपनि संविधानसभा भन्दा माथिको निकाय हुन नसक्ने बताए । नेपाल प्रेस युनियन बिराटनगरले आइतबार गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले संसदको गतिरोध चाँडै अन्त्य हुने बताए ।

बिधि प्रक्रिया पुरा गरेर रकमान्तर गरिएकाले यसको बिरोधको कुनै औचित्य नभएको उनको भनाई छ । सिंहले भने ‘पहिलेका सरकारले जसरी रकमान्तर गरेको थिए त्यसरी नै अलिहे पनि गरिएको हो, यो नयाँ होइन । ’
सिंहले भने ‘ हिजो आफूले गर्दा ठीक हुने अहिले प्रतिपक्षमा हुँदा बिरोध गर्नु अस्वाभविक हो ।’ बजेट समयमै ल्याउन सवै दल जिम्मेवार हुनुपर्नेमा सिंहले जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us