परिणाम जेसुकै आओस्, महामन्त्रीमा भिड्छुः मनिष झा

काठमाण्डु टुडे २०८३ असार ८ गते १६:११ मा प्रकाशित

काठमाण्डू, ८ असार– राष्ट्रिय स्वतन्त्र पार्टी प्रवक्ता मनिष झाले महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । बन्द सत्रस्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले आफू मानसिक रुपमा महामन्त्रीका लागि तयार भइसकेको जानकारी गराए ।

साथै, परिणाम जेसुकै आए पनि आफू महामन्त्री भिड्न तयार रहेको पनि उनले बताए । ‘म महामन्त्री पदका लागि मानसिक रुपमा तयार भइसकेँ ।

परिणाम जेसुकै होस्, म अब भिड्नका लागि तयार भइसकेँ,’ झाले भनेका छन् । आफ्नो उम्मेदवारी महामन्त्रीमा हुने विषयमा मिडियामा आएका चर्चाहरूमा आफ्नो स्वीकारोक्ति रहेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us