काठमाण्डू, ८ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रकरणमा अख्तियार भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा दायरको प्रक्रिया अघि बढाएको छ ।
अहिले विशेष अदालतमा अख्तियारको टोली मुद्दाको फाइलसहित पुगेको छ । विशेष अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । राहदानी विभाग महानिर्देशक तिर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गर्न लागेको हो ।
विशेष अदालतको सूचना अधिकारी पार्वती हितानीका अनुसार, अख्तियारले १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरेको छ । उनका अनुसार, २ कम्पनीका ४ विदेशी नागरिक र दुई कम्पनीका नेपाली प्रतिनिधिसहित प्रतिवादी रहेका छन् ।