नुवाकोट, २५ जेठ –बाटोको भलको बिषयलाई लिएर भएको विवादमा बन्चरो प्रहार गर्ने राउत बेशी–७ बस्ने ५० बर्षीय शिव प्रसाद खतिवडा र निजको ४५ बर्षीय भाई कृष्ण प्रसाद खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले जेठ २४ गते २२ः३० बजे सोही ठाँउ बस्ने २२ बर्षीय...
काठमाण्डु, २५ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष टंक आङबुहाङ सहित १८ जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । क्रिकेट संघमा ब्यापक भ्रष्टाचार भएको उजुरी छानबीनपछि अख्तियारले १ करोड ४३ लाख १४ हजार बिगो दावी सहित आरोपपत्र दायर...
काठमाण्डु ,२५ जेठ – सूचना विभागको आयोजनामा सञ्चालन हुँदै आइरहेको ‘आमसञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकारहरुका लागि दुईहप्ते सेवाकालीन तालिम’ आज सम्पन्न भएको छ । तालिम समापनका क्रममा सूचना तथा सञ्चार सचिव सुमनप्रसाद शर्माले तालिमले श्रमजीवी पत्रकारलाई काम गर्नका लागि सहयोग पुर्याउन विश्वास व्यक्त गरेका...
काठमाण्डु, २५ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी औपचारिक रुमपा विभाजित हुने सम्भावना बढेको छ । वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द र पशुपतिशम्शेर राणा दुवैले आफू अध्यक्ष भएको दाबी गरेपछि राप्रपा फुटको संघारमा पुगेको हो । चन्दले सूर्यबहादुर थापाको एक वर्षे कार्यकाल सकिएको भन्दै गत १९ जेठमा...
काठमाण्डु , २५ जेठ– व्यवस्थापिका–संसद् अर्थ समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्दा देशमा तरलता र विदेशी विनिमय व्यवस्थापन गर्दै कृषिलगायत उत्पादनशील क्षेत्र, विपन्न वर्ग र ग्रामीण क्षेत्रमा बंैकिङ सेवा बढाउने कुरालाई विशेष ध्यान दिन निर्देशन दिएको...
कावासोती, २५ जेठ– अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीका पोलिटब्युरो सदस्य मझीलाल थारु थनेत माउपार्टी एमालेमै फर्किएका छन् । कावासोतीस्थित आफ्नै निवासमा आइतबार पत्रकार सम्मेलन गरी उनले समाजवादी पार्टी छाडेर एमालेमै फर्किएको घोषणा गरे । जातीय मुक्तिबाट समाजवादमा पुग्ने लक्ष्य निर्धारण गरेको संघीय समाजवादी...
बाजुरा, २५ जेठ– बाजुराको कोल्टीमा गएराति गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । पहिरोले स्थानीय करवीर कडाराको घर बगाउादा ५८ वर्षीय गोरे बुढा, कोल्टी गाविस–८ का ४० वर्षका कर बुढा र उनका छोरा पााच वर्षका दिनेशको मृत्यु भएको हो । पहिरोमा...
विराटनगर, २५ जेठ– हतियारसहित नेपाल प्रवेश गर्दै गरेका पाँच जना भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल राजस्व एवम् भन्सार गुल्म विराटनगरले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत पूर्णिया विहारका रञ्जित चौधरी, ४२ वर्षीय सञ्जय राय, २७ वर्षीय शान्तिपुर महतो, पटनाका ३६ वर्षीय विवेक सिंह...
वनेपा, २५ जेठ – नेकपा एमालेको नवौँ महाधिवेशन नजिकिँदै गर्दा एमाले काभ्रेपलाञ्चोकमा पार्टी अध्यक्षका दुई उम्मेदवारका समर्थकबीचको विवाद उत्कर्षमा भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर जिल्लास्तरीय नेतालाई संसदीय दलका नेता केप ओली पक्षले पार्टी कार्यालय प्रवेशमा रोक लगाएपछि एमाले काभ्रेभित्रको विवाद बाहिर...
काठमाण्डु, २५ जेठ – संसदका सवैजसो समितिको बैठक चल्दा सभासदका लागि खाजा र खानाको व्यवस्था गरिएको हुन्छ । बैठक अवधिभर सभासदले रोजेको खाजा खान पाउँछन् । फलफूल देखि मासुका परिकारसम्म खाजामा समेटिएका हुन्छन् । तर आइतवार भने सभासदका लागि जिव्रो रसाउने खाजा बनेन् ।...
काठमाण्डु, २५ जेठ– नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) ले आफ्ना धादिङ अध्यक्ष ठाकुर गुरुङमाथि भएको सांघातीक आक्रमणको निन्दा गरेको छ । फोनिजका महासचिव गजुरधन राईद्वारा जारी विज्ञप्तिमा आक्रमणमा संलग्नमाथि कारबाहीको माग गरेका छन् । फोनिजले पत्रकारहरुको सुरक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि...
बैतडी, २५ जेठ – बैतडीको मेलौलीमा एक कृषकले लगाएको सुन्तलाका स–साना बोटमै फल लाग्न थालेपछि उनी अचम्मित भएका छन् । मेलौली–२ का कृषक शङ्कर भट्टले लगाएको सुन्तलाको बेर्नाका स–साना बोटमै फूल फुल्ने र फल लाग्न थालेपछि उनी अचम्मित भएका हुन् । एक वर्षअघि उमारेका करिब दुई...