
काठमाण्डु, २५ जेठ– नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) ले आफ्ना धादिङ अध्यक्ष ठाकुर गुरुङमाथि भएको सांघातीक आक्रमणको निन्दा गरेको छ ।
फोनिजका महासचिव गजुरधन राईद्वारा जारी विज्ञप्तिमा आक्रमणमा संलग्नमाथि कारबाहीको माग गरेका छन् ।
फोनिजले पत्रकारहरुको सुरक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।
‘विनाकारण एकाएक आक्रमण गरिएको घटनाको घोर भत्र्सना र निन्दा गर्दै आक्रमणमा संलग्न व्यक्तिहरुको खोजी गरी तत्काल कारबाही गर्न समेत हामी जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘साथै पत्रकार सुरक्षाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ आवश्यक पहलकदमी लिनसमेत सरकारसमक्ष माग गर्दछौं ।’
भूतपूर्व विद्यार्थी समाज मार्पाक (धादिङ) को राजधानीको वनस्थलीमा भइरहेको भेलामा समाचार संकलनका लागि गएका बेला नेपाल पत्रकार महासंघ धादिङ शाखाका सदस्यसमेत रहेका गुरुङमाथि एक समूहले शनिबार साँझ धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको थियो । गुरङको टाउको, छाती र हातमा गम्भीर चोट लागेको छ बताइएको छ ।