कञ्चनपुर, २६ जेठ– पश्चिम तराईका जिल्लाहरु कैलाली कञ्चनपुरमा अत्याधिक गर्मी बढ्दै गएपछि जिल्ला शिक्षा कार्यालयले पाँच दिनका लागि विद्यालय बन्द गरेको छ । सोमबारदेखि लागू हुने गरी पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको सहायक जिल्ला शिक्षा अधिकारी पदमराज भट्टले जानकारी दिए ।...
काठमाण्डु, २६ जेठ– भारतको हिमाञ्चल प्रदेशस्थित ब्यास नदीले बगाएर २४ विद्यार्थी बेपत्ता भएका छन् । हैदराबादबाट घुम्न गएका उनीहरुलाई नदी किनारमा फोटो खिच्दै गर्दा बाँध खुलेपछि आएको बाढीले उनीहरुलाई बगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नदीमा पानीको बहाव उच्च भएका कारण हराएकाको खोजीकार्य प्रभावित...
काठमाण्डु, २६ जेठ– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले आजबाट संविधानसभाभित्र रहेका दलसँग वार्ता थाल्दैछ । पहिलो चरणमा उपसमितिले आज अपराह्न मधेस केन्द्रित दलसँग वार्ता गर्ने भएको छ । संविधानका सहमति जुट्न नसकेका विषयमा सहमति जुटाउन उपसमितिले छलफल थाल्न लागेको हो...
विराटनगर, २६ जेठ– जलवायु परिवर्तनका कारण अतिवृष्टि, बाढीपहिरो, खडेरीजस्ता जोखिम बढ्दै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विराटनगरमा गत मङ्गलबारदेखि सुरु भएको छदिने जलवायु परिवर्तन समयानुकूलन रणनीतिक तालिम समापनको अवसरमा विज्ञहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले अति संवेदनशील...
बैतडी, २६ जेठ – बैतडीको कटौजपानी–२ बडियामा चट्याङ लागेर आमाछोरी घाइते भएका छन् । एनसेल मोबाइल कम्पनीको टावरमा गएराति चट्याङ पर्दा नजिकै रहेको घरमा सुतिरहेका गजुवा भाटकी श्रीमती जसुदेवी भाट र उनकी छोरी दुई वर्षीया गीता घाइते भएका हुन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा...
काठमाण्डु, २५ जेठ– अख्यिार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकुका शिविरमा भएको अनियमितताबारे छानबिन भइरहेको जनाएको छ । आइतबार भएको पत्रकार सम्मेलनमा अख्तियार प्रवक्ता श्रीधर सापकोटाले छानबिन जारी रहेको र नतिजा आउन समय लाग्ने बताए । ‘लडाकु शिविरको छानबिन जारी छ’, सापकोटाले भने, ‘कति समय...
काठमाण्डु, २५ जेठ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र जनवादका नाममा सांगठनिक अराजकता बढेको बताएका छन् । असन्तुष्ट वरिष्ठ नेता बाबुराम भट्टराई समूहले फरक मतप्रति संस्थापन पक्ष अनुदार रहेको आरोप लगाइरहेका बेला उनको यस्तो भनाइ बाहिर आएको हो । ललितपुरको खन्ना गार्मेन्टमा...
काठमाण्डु, २५ जेठ– व्यवस्थापिका–संसदको अवरोध हटाउन प्रमुख तीन दल कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताको बैठक बिनानिष्कर्ष सकिएको छ । व्यवस्थापिका– संसद बैठकअघि संविधानसभा भवन नयाँबानेश्वरमा बसेको शीर्ष नेताको बैठकमा उच्चस्तरीय राजनीतिक समितिको नेतृत्वको विषयमा विवाद भएपछि सहमति जुट्न नसकेको हो । एकीकृत...
काठमाण्डु, २५ जेठ– एकीकृत माओवादीसहित प्रतिपक्षी दलको अवरोधका कारण व्यस्थापिका ससंदको आइतबारको बैठक पनि कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ । बैठक प्रारम्भ भएलगत्तै प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलका सभासदले उठेर विरोध जनाएपछि चौथोपटक संसद बैठक अवरुद्ध भएको हो । बैठकमा प्रतिपक्षीहरुका तर्फबाट बोल्दै फोरम...
काठमाण्डु, २५ जेठ– एमाले अध्यक्ष झलनाथ खनालले पार्टीमा सङ्गठनात्मक सुधार भए पनि सोचे जति वैचारिक रुपान्तरण हुन नसकेको बताएका छन् । एमाले पोलिटब्युरो सदस्य मुकुन्द न्यौपानेद्वारा लिखित ‘नीति, नेतृत्व र नैतिकता’ शीर्षक पुस्तकको राजधानीमा आइतबार लोकार्पण गर्दै खनालले नवौं महाधिवेशनले पार्टीलाई वैचारिक–राजनीतिक पुनर्गठन गर्दै...
काठमाण्डु, २५ जेठ– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रारम्भिक वार्ता उपसमितिले सोमबारदेखि संविधानसभाभित्र रहेका राजनीतिक दलसँग संविधानका सहमति जुट्न नसकेका विषयमा सहमति जुटाउन छलफल थाल्ने भएको छ । नेपाली काँग्रेस, एमाले, एनेकपा माओवादीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थितिमा आइतबार बसेको उपसमिति बैठकले...
विराटनगर, २५ जेठ – सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती प्रशासनमा देखिएका विकृति र विसङ्गतिलाई हटाउन आफूले पुन: उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गर्ने बताएका छन् । आयोगमा पूर्व प्रशासक, प्रशासनविद् तथा विज्ञ प्राध्यापकलाई राखी सबल र सक्षम प्रशासन बनाउने तर्फ गम्भीरतापूर्वक पहल गरिने...