बाबुराम भट्टराईको समितिले सोमबारदेखि वार्ता थाल्ने

काठमाण्डु टुडे २०७१ जेठ २५ गते १३:३२ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रारम्भिक वार्ता उपसमितिले सोमबारदेखि संविधानसभाभित्र रहेका राजनीतिक दलसँग baburamसंविधानका सहमति जुट्न नसकेका विषयमा सहमति जुटाउन छलफल थाल्ने भएको छ ।

नेपाली काँग्रेस, एमाले, एनेकपा माओवादीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थितिमा आइतबार बसेको उपसमिति बैठकले सोमबारदेखि पहिलो चरणमा संविधानसभाभित्र रहेका दलसँग वार्ता गर्ने निर्णय गरेको हो । संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले संविधानसभाभित्र रहेका राजनीतिक दलका बीचमा देखिएका असहमतिका विषयलाई सहमतिमा पर्‍याउनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई विभिन्न चरणमा वर्गीकरण गरेर प्रारम्भिक वार्ता गर्ने कार्यतालिका निर्धारण भएको जानकारी दिए ।
‘संविधानसभाको कार्यतालिकालाई मूल रुपमा ध्यान दिादै वार्ताको नाममा अलमल नगरी त्यसलाई ठोस निष्कर्षमा पुर्‍याउने गरी आगामी माघ ८ गते संविधान दिने ढङ्गले वार्ता प्रारम्भ गर्न निर्देशन भएको छ’ शर्माले भने । उपसमितिले सोमबार फोरम नेपाल, फोरम लोकतान्त्रिक, तमलोपासहित मधेस केन्द्रित दलसँग वार्ता गर्नेछ ।
बैठकमा सभासदहरुले वार्ता प्रक्रियामा जाँदा संविधान निर्माण कार्यतालिकालाई मूल रुपमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । विगतमा देखिएका कमजोरी नदोहोर्‍याउने, विगतमा संविधान बन्न नसकेको कारणमध्येको शासकीय स्वरुप र राज्य पुन:संरचना जस्ता विषयमा संविधानसभाभित्र र बाहिर रहेका दल एवं शक्ति तथा संविधानसभालाई आत्मसात गरेका र नगरेका दलसँग पनि वार्ता प्रक्रियामा गएर सहमतिमा ल्याउने प्रक्रियाका सम्बन्धमा शीर्ष नेताले विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।

साथै वार्ताका क्रममा विगतमा संविधानसभालेसंविधान दिन नसक्नाका कारण, त्यसले व्यहोरेको अप्ठयारा, चुनौती र परिस्थितिको पनि ख्याल गर्नुपर्नेमा नेताहरुले विशेष जोड दिंदै अबका वार्तालाई फलदायी र परिणाममुखी बनाउन आवश्यक उपाय अवलम्बन गर्नुपर्ने राय समेत दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us