
काठमाण्डु, २५ जेठ– अख्यिार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकुका शिविरमा भएको अनियमितताबारे छानबिन भइरहेको जनाएको छ ।
आइतबार भएको पत्रकार सम्मेलनमा अख्तियार प्रवक्ता श्रीधर सापकोटाले छानबिन जारी रहेको र नतिजा आउन समय लाग्ने बताए । ‘लडाकु शिविरको छानबिन जारी छ’, सापकोटाले भने, ‘कति समय लाग्छ भन्न सकिँदैन, तर ढुंक्क हुनुस् छानबिन निष्कर्षमा पुग्छ ।’
कतिपय मुद्धामा छानबिनका लागि बढी समय लाग्ने उनको भनाइ थियो । सापकोटाले शान्ति मन्त्रालयबाट शिविरका लागि गएको रकमको विस्तृत विवरण मगाइसकिएको जानकारी दिए ।
उनका अनुसार आयोगले करिब साढे दुई सय व्यक्तिमाथि अकुत सम्पत्ति आर्जन गरेको बारे छानबिन भइरहेको छ । सापकोटाले आफ्नो र परिवारका सदस्यको नाममा सम्पत्ति राख्ने चलन घटेकाले लुकाएको सम्पत्ति खोज्न समय लागेको बताए ।