
बैतडी, २६ जेठ – बैतडीको कटौजपानी–२ बडियामा चट्याङ लागेर आमाछोरी घाइते भएका छन् ।
एनसेल मोबाइल कम्पनीको टावरमा गएराति चट्याङ पर्दा नजिकै रहेको घरमा सुतिरहेका गजुवा भाटकी श्रीमती जसुदेवी भाट र उनकी छोरी दुई वर्षीया गीता घाइते भएका हुन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
चट्याङ लागेर घरमा रहेका २ वटा बाख र एउटा गोरु समेत मरेको छ । भाटले टावरका कारण यसअघि दुईपटक चट्याङले क्षति पुर्याएको भए पनि एनसेलले बेवास्ता गरेको बताए ।