गर्मीका कारण पाँच दिनका लागि विद्यालय बन्द

काठमाण्डु टुडे २०७१ जेठ २६ गते ३:४५ मा प्रकाशित

कञ्चनपुर, २६ जेठ– पश्चिम तराईका जिल्लाहरु कैलाली कञ्चनपुरमा अत्याधिक गर्मी बढ्दै गएपछि जिल्ला शिक्षा कार्यालयले पाँच दिनका लागि विद्यालय बन्द गरेको छ ।
सोमबारदेखि लागू हुने गरी पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको सहायक जिल्ला शिक्षा अधिकारी पदमराज भट्टले जानकारी दिए ।

उनका अनुसार विद्यालयहरुमा छानो तातेपछि विद्यार्थी गर्मीका कारण बेहोस हुन थालेकाले  विद्यालय बन्द गरिएका छन् । विद्यालयहरुको मागअनुसार जिल्लाभरका विद्यालय बन्द गर्ने निर्णय गरेको उनले बताए । शिक्षा कार्यालयले वर्षातको बिदाबाट  घटाउने गरी पाँच दिन बिदा दिन लागेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us