२४ विद्यार्थी नदीमा बेपत्ता

काठमाण्डु टुडे २०७१ जेठ २६ गते ३:१४ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– भारतको हिमाञ्चल प्रदेशस्थित ब्यास नदीले बगाएर २४ विद्यार्थी बेपत्ता भएका छन् ।
nadi
हैदराबादबाट घुम्न गएका उनीहरुलाई नदी किनारमा फोटो खिच्दै गर्दा बाँध खुलेपछि आएको बाढीले उनीहरुलाई बगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नदीमा पानीको बहाव उच्च भएका कारण हराएकाको खोजीकार्य प्रभावित भएको छ ।

हराएकाहरु जीवितै भेटिने सम्भावना कम भएको अधिकारीहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us