पहिरोमा पुरिएर मृत्य हुनेको संख्या तीन पुग्यो

काठमाण्डु टुडे २०७१ जेठ २५ गते ६:५१ मा प्रकाशित

बाजुरा, २५ जेठ– बाजुराको कोल्टीमा गएराति गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।
पहिरोले स्थानीय करवीर कडाराको घर बगाउादा ५८ वर्षीय गोरे बुढा, कोल्टी गाविस–८ का ४० वर्षका कर बुढा र उनका छोरा पााच वर्षका दिनेशको मृत्यु भएको हो ।

पहिरोमा हराइरहेका बुढाका बाबुछोरा मृत भेटिएपछि मृत्यु हुनेको संख्या तनि पुगेको हो ।  पहिरोमा पुरिएकी विमला बुढा र साधन बुढाको जीवितै उद्दार गरिएको छ । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
वर्षातसँगै माथिबाट खसेको पहिरोले स्थानीयका पाँच घर पुरिएको प्रहरीले जनाएको छ । अरु पाँच घरमा क्षति पुगेको छ । पहिरोसँगै आएको बाढीले प्राथमिक स्वास्थ्य केन्द्र, चन्द्रनाथ निमावी र देवलकाँडा मावि भवन बगाएको छ ।

साथै बजार र आसपास गाउँको खानेपानी मुहान बगाउँदा पिउने पानीको हाहाकार भएको छ । स्थानीय बासिन्दा, सेना र प्रहरीको टोली उद्धारमा खटिएको छ । पहिरोले स्थानीयका पाँच घर पुरिएका छन् ।

दुई वर्षअघि कोल्टीकै पीपलडालीमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएपछि भू–गर्भसास्त्रीको टोलीले कोल्टीमा जुनसुकै बेला पहिरो जान सक्ने भएकाले बस्ती सानुपर्ने निष्कर्ष निकालेको थियो । घटनास्थल पुग्न सदरमुकाम मार्तडीबाट एक दिन पैदल हिंड्नुपर्छ ।
यसैबीच क्षतिको मूल्यांकन गरी पीडितलाई राहत दिन प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित राजनीतिक दलका प्रमुख र सुरक्षा निकायको एक टोली सो क्षेत्रमा गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us