काठमाण्डु, २५ जेठ– एकीकृत माओवादी प्रवक्ता दीनानाथ शर्माले नेता बाबुराम भट्टराई पक्षले पार्टी विभाजना नगराउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार भेटघाटमा उनले पार्टी विखण्डन र विभाजनको दिशामा नगएको बताए । पार्टीभित्र विवाद र बहस रहेको स्वीकार गर्दै...
सुन्दरीजल, २४ जेठ– एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले गुण्डालाई टीका लगाएर पार्टी प्रवेश गराउनेलाई नेतृत्व दिन नहुने बताएका छन् । एमाले जोरपाटी गाउँ कमिटीले नवौं महाधिवेशनको सन्दर्भमा शनिबार गरेको अन्तक्र्रियामा पाण्डेले संसदीय दलका नेता केपी ओलीलाई लक्षित गरी पाण्डेले गुण्डालाई टीका लगाएर पार्टी प्रवेश...
काठमाण्डु, २४ जेठ –विवाह गरेको डेढ महिनापछि मकवानपुरमा एक महिला श्रीमानकै मिलेमतोमा सामूहिक बलात्कारको शिकार भएकी छन् । हेटौंडा–८ कमानेका सन्तोष अधिकारीले आफ्नै श्रीमतीमाथि सामूहिक बलात्कार गरेका हुन् । पीति पक्षको जाहेरीका आधारमा प्रहरीले सन्तोष र उनका भाई सुमन अधिकारी तथा बलात्कारमा सघाएको आरोपमा...
जनकपुर, २४ जेठ – आफूलाई प्रहरी बताएर सर्वसाधारणसँग पैसा उठाउने दुई जना पक्राउ परेका छन् । नक्कली प्रहरी बनेर मोटरसाइल चेकिङ गर्ने र पैसा असुल्ने काममा संलग्न जनकपुर नगरपालिका– १३ का सुमितकुमार झा र सोही नगरपालिका–९ का चन्द्रकुमार झा पक्राउ परेका हुन् । उनीहरुलाई...
काठमाण्डु, २४ जेठ– ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सात नेताले पार्टी छाडेका छन् । उनीहरु सीपी मैनालीको नेकपा मालेमा प्रवेश गर्ने भएका छन् । नेकपाले केही दिनअघि तीन नेतालाई कारबाही गरेको थियो । पार्टी छाड्नेमा पोलिटब्युरो सदस्य आङछिरिङ शेर्पा तथा केन्द्रीय सदस्यहरु कृष्ण...
जाजरकोट, २४ जेठ– डोल्पाको मध्यवर्ती क्षेत्र रहेका सात वटा गाविसमा प्रवेश शुल्कको विषयमा भएको विवाद मिलेको छ । जेठ २५ गतेदेखि यार्सागुम्बा सङ्कलन कार्य सुचारु गरिने सहमति भएको प्रमुख जिल्ला अधिकारी कृष्ण खनालले बताए । शुक्रबार राति बसेको सर्वपक्षीय बैठकले कुनै पनि अवरोध नगर्ने...
वीरगन्ज, २४ जेठ– अत्याधिक गर्मीका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएपछि पर्सामा रहेका सामुदायिक तथा निजी विद्यालय छ दिनका लागि बन्द गरिएको छ । अभिभावक र स्थानीय प्रशासनको आग्रहमा जिल्ला शिक्षा कार्यालय पर्सामा शुक्रबार बसेको सरोकारवालाको बैठकले गर्मीका कारण जिल्लाका सम्पूर्ण सामुदायिक र निजी विद्यालय...
दमौली, २४ जेठ– गर्मी बढेसँगै दमौली अस्पतालमा ज्वरो र झाडा पखालाका बिरामीको संख्यामा वृद्धि भएको छ । जेठको पहिलो हप्ताबाट नै बिरामीको संख्या बढेको दमौली अस्पतालकी डा एन्जिला घिमिरेले बताइन् । फोहोरमैला र दूषित पानीका कारण झाडा पखालाका बिरामी बढेको उनले बताइन् । अस्पतालमा...
काठमाण्डु, २४ जेठ – एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले आफ्नो पार्टीभित्र छट्टु स्याल प्रवृत्ति रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले छट्टु स्याल प्रवृत्ति फुटको हल्ला गरेर पार्टी रुपान्तरण अभियानलाई विषयान्तर गर्न सक्रिय रहेको बताएका हुन् । आफ्नो समूहको समानान्तर कमिटीसम्बन्धी गोप्य...
तनहुँ, २४ जेठ– तनहुँमा शनिबार बिहान चट्याङ लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका– ९, दुम्सीकोटका ४१ वर्षीय लेखबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ । वर्षातसँगै बिहान करिब ३ बजे चट्याड लागेर घाइते भएका भुजेलको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु...
काठमाण्डु, २३ जेठ – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो पार्टीले अघि सारेको गोलमेच सम्मेलनको मागमा सरकार गम्भीर नभएको बताएका छन् । कम्युनिस्ट अगुवा स्व. भक्तबहादुर श्रेष्ठका संकलित रचनाहरुको शुक्रबार राजधानीमा विमोचन गर्दै उनले सरकार गम्भीर नभएकाले आन्दोलनमा जाने चेतावनी दिए । ‘हामीले राजनीतिक निकासको...
सुन्दरीजल, २३ जेठ– संविधानसभा उपनिर्वाचन नजिकिंदै जाँदा काठमाण्डु, क्षेत्र नं २ मा नेकपा (एमाले) ले प्रचारप्रसार तीव्र पारेको छ । उक्त क्षेत्रबाट एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ उम्मेदवार छन् । श्रेष्ठले चुनावी अभियानका क्रममा यही जेठ १२ गतेदेखि सुरु भएको पहिलो चरणको कार्यक्रम सकेर...