
दमौली, २४ जेठ– गर्मी बढेसँगै दमौली अस्पतालमा ज्वरो र झाडा पखालाका बिरामीको संख्यामा वृद्धि भएको छ । जेठको पहिलो हप्ताबाट नै बिरामीको संख्या बढेको दमौली अस्पतालकी डा एन्जिला घिमिरेले बताइन् ।
फोहोरमैला र दूषित पानीका कारण झाडा पखालाका बिरामी बढेको उनले बताइन् । अस्पतालमा दैनिक १ सय २० देखि १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।
जिल्लाको व्यास नगरपालिका, काहुँशिवपुरी, घाँसीकुवा, पोखरीभञ्ज्याङ, क्यामिनका साथै लमजुङ र गोरखाबाट समेत बिरामी उपचारका लागि आउने गरेको घिमिरेको भनाइ छ ।