छट्टु स्याल प्रवृत्तिले पार्टी फुटको हल्ला गर्‍यो: भट्टराई

काठमाण्डु टुडे २०७१ जेठ २४ गते ४:२१ मा प्रकाशित

काठमाण्डु, २४ जेठ – एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले आफ्नो पार्टीभित्र छट्टु स्याल प्रवृत्ति रहेको बताएका छन् ।
baburamसामाजिक सञ्जाल ट्वीटरमा उनले छट्टु स्याल प्रवृत्ति फुटको हल्ला गरेर पार्टी रुपान्तरण अभियानलाई विषयान्तर गर्न सक्रिय रहेको बताएका हुन् ।

आफ्नो समूहको समानान्तर कमिटीसम्बन्धी गोप्य दस्तावेज सार्वजनिक भएपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो । असन्तुष्ट भट्टराई पक्षले केन्द्र र राज्यदेखि जिल्ला कमिटीसम्म छुट्टै कार्यविभाजन गरेको छ ।

भट्टराईले पार्टीलाई बिसर्जनबाट बचाएर नयाँ शक्ति निर्माणमा जुट्न आग्रह गरेका छन् ।
‘फुटको हल्ला गरेर पार्टी रुपान्तरण अभियान विषयान्तर गर्ने छट्टु स्याल प्रवृत्तिबाट सतर्क बनौं, पार्टी विसर्जनबाट बचाऔं,नयाँ शक्ति निर्माण गरौं’, ट्वीटमा भट्टराईले भनेका छन् ।

याे पनि पढ्नुस http://kathmandutoday.com/2014/06/43667.html

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us