सभासद र सिडिअोले मिलाए यार्सा गुम्बाको विवाद

काठमाण्डु टुडे २०७१ जेठ २४ गते ५:५१ मा प्रकाशित

जाजरकोट, २४ जेठ– डोल्पाको मध्यवर्ती क्षेत्र रहेका सात वटा गाविसमा प्रवेश शुल्कको विषयमा भएको विवाद मिलेको छ ।
yarsha जेठ २५ गतेदेखि यार्सागुम्बा सङ्कलन कार्य सुचारु गरिने सहमति भएको प्रमुख जिल्ला अधिकारी कृष्ण खनालले बताए ।
शुक्रबार राति बसेको सर्वपक्षीय बैठकले कुनै पनि अवरोध नगर्ने निर्णय भएको हो । धो गाविसका स्थानीय क्लब र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिबीच शुल्क उठाउने विषयमा विवाद भएपछि तीन दिनदेखि यार्सागुम्बा सङ्कलन कार्य रोकिएको थियो ।

मध्यवर्ती क्षेत्रले उठाएको रकम नै प्रवेश शुल्क मान्ने निर्णय भएको छ ।

गाविसमा भएका स्थानीय क्लबको सहमतिपछि जेठ २५ गतेदेखि निवाद रुपमा यार्सागुम्बा सङ्कलन गर्ने दिने सहमति भएको डोल्पाका सभासद् धनु बुढाले बताए ।
यार्सागुम्बा सङ्कलन गर्ने धो क्षेत्र डोल्पाको सदरमुकामदेखि ७० कोष टाढाको दूरीमा रहेको छ ।

सो यार्सागुम्बा सङ्कलन स्थलमा सुरक्षाका लागि भन्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले बताएको छ । यार्सा सङ्कलनको विषयमा विवाद हुँदा केही दिनअघि दुई जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us