बाबुराम पक्षले पार्टी फुटाउँदैन: शर्मा

काठमाण्डु टुडे २०७१ जेठ २४ गते ८:२६ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– एकीकृत माओवादी प्रवक्ता दीनानाथ शर्माले नेता बाबुराम भट्टराई पक्षले पार्टी विभाजना नगराउने dinanath sharmaबताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार भेटघाटमा उनले पार्टी विखण्डन र विभाजनको दिशामा नगएको बताए ।

पार्टीभित्र विवाद र बहस रहेको स्वीकार गर्दै उनले त्यो विभाजनका लागि नभई पार्टी निर्माणका लागि भएको दाबी  गरे ।

‘पार्टीमा बहस र विवादहरु छन्, शर्माले भने, ‘ तर विखण्डन र विभाजनतिर जाने उद्देयले विवाद भएको होइन, पार्टी निर्माणकै लागि हो ।’

सञ्चारकर्मीको एक जिज्ञाशामा उनले नेता भट्टराई पक्षले समानान्तर पार्टी निर्माण गरेको भन्ने विषयमा आन्तरिक छानबिन
भइरहेको उल्लेख गरे ।

अर्को फरक प्रसंगमा शर्माले सरकारले चार बुँदे सहमति पालना नगरेसम्म संसदको अवरोध कायमै रहने जानकारी दिए ।

सरकार संविधान लेखनप्रति गम्भीर नभएकाले संसदको अवरोध खुलाउन हपल नगरेको आरोप उनको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us