
जनकपुर, २४ जेठ – आफूलाई प्रहरी बताएर सर्वसाधारणसँग पैसा उठाउने दुई जना पक्राउ परेका छन् ।
नक्कली प्रहरी बनेर मोटरसाइल चेकिङ गर्ने र पैसा असुल्ने काममा संलग्न जनकपुर नगरपालिका– १३ का सुमितकुमार झा र सोही नगरपालिका–९ का चन्द्रकुमार झा पक्राउ परेका हुन् ।
उनीहरुलाई जनकपुर नगरपालिका–१५ रामपुरमा मोटरसाईकल चेक गरिरहेको अवस्थामा शनिबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनीहरुले आफू प्रहरी भएको भन्दै लाइसेन्स र बिलबुक चेक जाँचका नाममा रकम असुल्ने गरेको प्रहरीले बताएको छ ।