काठमाण्डु–२ मा एमालेको घरदैलो अभियान

काठमाण्डु टुडे २०७१ जेठ २३ गते १३:३३ मा प्रकाशित

सुन्दरीजल, २३ जेठ– संविधानसभा उपनिर्वाचन नजिकिंदै जाँदा काठमाण्डु, क्षेत्र नं २ मा  नेकपा (एमाले) ले  प्रचारप्रसार तीव्र पारेको छ ।
UML Logo originalउक्त क्षेत्रबाट एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ उम्मेदवार छन् । श्रेष्ठले चुनावी अभियानका क्रममा यही जेठ १२ गतेदेखि सुरु भएको पहिलो चरणको कार्यक्रम सकेर शुक्रबारदेखि दोस्रो चरणको कार्यक्रमअन्तर्गत घरदैलो अभियान थालेका हुन् ।

पार्टीले पहिलो चरणको कार्यक्रम सकिनासाथ शुक्रबारदेखि दोस्रो चरणमा उम्मेदवारसहितको घर दैलो कार्यक्रम सुरु गरेको हो । एमालेका उम्मेदवार श्रेष्ठले शुक्रबार मूलपानीमा घरदैलो गरी स्थानीयसँग मत मागे ।
घरदैलोका क्रममा उनले मूलपानीका मतदाताले गत निर्वाचनमा एमालेलाई भारी मत दिएर विजयी गराएकामा धन्यवाद दिँदै उपनिर्वाचनमा पनि एमालेप्रतिको माया र सम्बन्ध कायम राख्न  आग्रह गरे ।
भोट माग्न आएका एमाले उम्मेदवार श्रेष्ठलाई स्थानीयले  फूलमाला, टीका र अबिर लगाएर स्वागत गरेका थिए ।
गत ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल २१ हजार ७४८ मत ल्याएर विजयी भएका थिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us