स्वादिलो खाजा खाने सभासदलाई सुक्खा बिस्कुट

काठमाण्डु टुडे २०७१ जेठ २५ गते ५:४२ मा प्रकाशित

sansad samitiकाठमाण्डु, २५ जेठ – संसदका सवैजसो समितिको बैठक चल्दा सभासदका लागि खाजा र खानाको व्यवस्था गरिएको हुन्छ । बैठक अवधिभर सभासदले रोजेको खाजा खान पाउँछन् ।

फलफूल देखि मासुका परिकारसम्म खाजामा समेटिएका हुन्छन् । तर आइतवार भने सभासदका लागि जिव्रो रसाउने खाजा बनेन् । उनीहरुले सुख्खा बिस्कुटमा चित्त बुझाउन प¥यो ।

संसद सचिवालय कर्मचारी युनियनले सिंहदरवारको क्यान्टिन बन्द गराएपछि मन्त्री र सभासदले आइतबार खाजा खान नपाएका हुन् । दुई दिनको बासी खाना खुवाएको र पटक पटक सुधारका लागि निर्देशन दिँदा पनि अटेर गरेपछि कर्मचारी युनियनले क्यान्टिनमा तालाबन्दी गरेपछि मन्त्री र सभासद्ले चिया र विस्कुटमा चित्त बुझाएका थिए ।
आज संसदका ८ वटा समितिका बैठक थिए । क्यान्टिन बन्द भएपछि सचिवालयले नेपाली कांग्रेस संसदीय दलमा रहेको क्यान्टिनबाट चिया र विस्कुटको प्रबन्ध मिलाएको सचिवालयले जनाएको छ ।
सभासद् र सचिवालयका कर्मचारीले खाना खाँदा गन्हाएपछि क्यान्टिनमा छापा मार्दा दुई दिन अघिको बासी दाल र भात तताइरहेको पाइएपछि तालावन्दी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us