एमाले कार्यकर्ताको कुटाइबाट पत्रकार घाइते

काठमाण्डु टुडे २०७१ जेठ २४ गते १३:५५ मा प्रकाशित

काठमाण्डु, २४ जेठ– एमाले कार्यकर्ताको कुटाइबाट नेपाल पत्रकार महासंघ धादिङका सदस्य ठाकुर गुरुङ गम्भीर घाइते भएका छन् ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का धादिङ अध्यक्षसमेत रहेका उनको टाउकोमा गम्भीर चोट लागेको छ । गुरुङको काठमाण्डुको बालाजुस्थित जनमैत्री अस्पतालमा उपचार भइरहेको नेपाल पत्रकार महासंघ धादिङका उपाध्यक्ष सुदर्शन खतिवडाले बताए ।
काठमाण्डुको वनस्थलीमा रहेको छो–रोल्पा पार्टी भेन्यूमा आयोजित धादिङ मार्पाकका पूर्वविद्यार्थीहरुको भेलामा गुरुङमाथि आक्रमण भएको उनले बताए ।

आक्रमणमा एमाले कार्यकर्ताहरु अमिर अधिकारी, शम्भु थापा, नेपाली सेनाका हवल्दार द्वय महेश अधिकारी र नवीन अधिकारी लगायतको संलग्नता रहेको जानकारी खतिवडाले दिए । उनीहरुले कार्यक्रम भइरहेका बेला एक्कासि गुरुङमाथि धारिलो हतियारले आक्रमण गरेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us