अब संसद् अवरुद्ध हुँदैन: पुन

काठमाण्डु टुडे २०७१ जेठ २४ गते ११:५२ मा प्रकाशित

काठमाण्डु, २४ जेठ– एकीृकत नेकपा माओवादीका सचिव वर्षमान पुनले रकमान्तरको विषयलाई भन्दा राजनीतिक सहमति कार्यान्वयन गर्न सरकारले आनाकानी गरेका barshamanकारण संसद् अवरुद्ध भएको बताएका छन् ।
रिपोर्टर्स क्लबले शनिबार राजधानीमा गरेको कार्यक्रममा पुनले आइतबारदेखि संसद् बैठक अवरुद्ध नगर्ने बताए । पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले बजेटमा राजनीति गर्ने आफूहरुको सोच नरहेको दाबी गरे ।

‘बजेटमा राजनीति गर्न हुँदैन’, पुनले भने, सरकारलाई नियमित रुपमा बजेट ल्याउन दिनुपर्छ ।’ पुनले सरकारले चार बुँदे सहमति कार्यान्वयनमा प्रतिबद्धता जनाए संसदको अवरोध खुलाएर बजेटमा रचनात्मक सहयोग गर्न आफूहरु तयार रहेको स्पष्ट पारे ।
पुनले दीर्घकालीन महत्वका आयोजनाका लागि आवश्यकताअनुसार रकमान्तर गर्न सकिने भए पनि राजनीतिक दृष्टिकोणले साना टुक्रे कार्यक्रममा रकमान्तर हुन नहुने धारणा राखे ।

कार्यक्रममा अर्थसचिव युवराज भुसालले पूर्वाधारलाई केन्द्रित गरेर बजेट तयार परिएको उल्लेख गर्दै सदन खुलेको दुईसाताभित्र संसद्मा बजेट प्रस्तुत हुने बताए । आगामी आर्थिक वर्षको बजेटले शिक्षा, कृषि, पूर्वाधार विकास, पर्यटनजस्ता क्षेत्रले प्राथमिकता दिएको जानकारी उनले दिए ।

सरकारले जेठभित्रै ल्याउने गरी ५ खर्ब ९६ अर्बको बजेट तयारपारेको बताए । अर्थशास्त्री विश्वम्भर प्याकुरेलले सर्तसहित रकमान्तर गर्न सकिने भए पनि रकमान्तरलाई निरन्तरता दिने हो भने त्यसले आर्थिक क्षेत्रको आकारमा समस्या ल्याउने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us