राप्रपा विवाद झन् चर्कियो, राणालाई अध्यक्ष बनाउने तयारी

काठमाण्डु टुडे २०७१ जेठ २५ गते २:२९ मा प्रकाशित

Raprapaकाठमाण्डु, २५ जेठ – नेतृत्व हस्तान्तरणको विषयलाई लिएर सुरु भएको राप्रपाभित्रको विवाद छताछुल्ल अवस्थामा पुगेको छ ।

अध्यक्ष सूर्यबहादुर थापाले केन्द्रीय समिति बैठकमार्फत पशुपतिशमशेर राणालाई अध्यक्ष बनाउने तयारी गरेका छन् ।

त्यसका लागि राप्रपा केन्द्रीय समितिको बैठक आज बस्दैछ । थापाले केन्द्रीय समिति बैठकमा राजीनामा दिने र ज्येष्ठ सदस्यका हैसियतमा उनकै अध्यक्षतामा बसेको अर्को बैठकले वरिष्ठ नेता राणालाई अध्यक्ष बनाउने तयारी छ ।

थापा पक्षले बोलाएको बैठक लोकेन्द्रबहादुर चन्द पक्षले भने बहिस्कार गर्ने बताएको छ । तर आफैंलाई अध्यक्ष घोषणा गरेका लोकेन्द्रबहादुर चन्द पक्षले थापाको कार्यशैली विधान र पूर्वसहमति विपरित भन्दै आपत्ति जनाएको छ ।

केन्द्रीय सदस्य वसन्त अधिकारीले अध्यक्षको जिम्मेवारीबाट मुक्त भइसकेका थापाले बोलाएको अवैधानिक बैठकमा आफूहरु नजाने जानकारी दिए । आधिकारिक अध्यक्ष भन्द भएकाले थापा समूहको बैठकको अर्थ नभएको उनको भनाइ छ ।

चक्रीय प्रणालीका आधारमा एक एक वर्ष नेतृत्व गर्ने सहमतिविपरीत थापाले पदमा बसिरहन चाहेको भन्दै चन्दले गत १९ जेठमा आफैंलाई अध्यक्ष घोषणा गरेका थिए । दुवै समूहले आफूलाई आधिकारिक भएको दाबी गर्दैं आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us