एमाले नेतृ साहना अस्पताल भर्ना

काठमाण्डु टुडे २०७१ जेठ २३ गते १०:३३ मा प्रकाशित

काठमाण्डु, २३ जेठ – एमालेकी नेतृ साहना प्रधान फोक्सोको सङ्क्रमण तथा मस्तिष्काघातका कारण अस्वस्थ भएर उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा शुक्रबार भर्ना भएकी छिन् ।

Sahana_Pradhan(2)पार्टी अध्यक्ष झलनाथ खनालले अस्पताल पुगी उनको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिँदै चिकित्सकलाई उपचारमा सम्भव सबै उपाय अवलम्बन गर्न आग्रह गरेका छन् ।

एमालेले पार्टी परिवारका तर्फबाट नेतृ प्रधानको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us