बाघको आक्रमणबाट बालकको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ २३ गते १:४३ मा प्रकाशित

काठमाण्डु, २३ जेठ – सन्धिखर्क नगरपालिका २ कुरमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएकाे छ ।

बिहीबार बेलुका आफ्नै घरमा बाघको आक्रमणमा परेका ७ वर्षका सुरेश भुसाल १ किलोमिटर तल जंगलमा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

जंगलमा बाघले खाएको अबस्थामा बालकको खप्पर, हाड र कपडाहरु फेला परेको प्रहरी निरीक्षक गोविन्द पन्थीले जनाए । बाघले आक्रमण गरेर बालकलाई लगेपछि प्रहरी र स्थानीय वासिन्दाले बिहीबार राती नै खोजी शुरु गरेका थिए ।

अर्घाखाँचीमा पछिल्लो समयमा बाघले बालबालिकामाथि आक्रमण गर्न थालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us