
कञ्चनपुर, २३ जेठ – प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रकोे सार्थक अभ्यासका लागि स्थानीय निकायको निर्वाचन हुनुपर्ने धारणा राखेका छन् ।
निर्वाचन आयोगद्वारा शुक्रबार महेन्द्रनगरमा निर्वाचन कानुन तथा निर्वाचन विवाद निरुपणसम्बन्धी अन्तक्र्रियाको उद्घाटन गर्दै उनले भने, “लोकतन्त्र संस्थागत गर्न र जनतालाई लोकतन्त्रको अनुभूति दिन निर्वाचन अपरिहार्य छ ।”
संविधानसभाको निर्वाचन भए पनि जनताको नजिकको सरकार स्थानीय निकायको निर्वाचन हुन नसक्दा स्थानीय निकायको कामसमेत प्रभावित भएको प्रमुख निर्वाचन आयुक्त उप्रेतीले बताए ।
उनले नयाँ संविधानमा पाँचपाँच वर्षमा निर्वाचनको व्यवस्था गर्नुपर्ने र निर्वाचनमा आएका विवादलाई सहज ढङ्गबाट समाधान गनुएपर्नेमा सबैको एकमत हुनुपर्नेमा जोड दिए ।
उनले उपनिर्वाचनको सबै तयारी पूरा भइसकेको जानकारी दिए ।