ट्रकमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०८३ असार ८ गते १३:४१ मा प्रकाशित

काठमाण्डू, ८ असार– चितवनको भरतपुर महानगरपालिका–१५ मा ट्रकमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा स्कुटर चालक सोही महानगरपालिका–२६ दिव्यनगरका २२ वर्षीय अशोक भण्डारी र स्कुटरमा सवार सोही महानगरपालिका–२० बस्ने लमजुङ घर भएका १९ वर्षीय राजीव गुरूङ रहेको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिक सडकमा ना–५ ख ५८१६ नम्बरको ट्रकमा बा.प्र–०६–००४ प ७२४८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

सोमबार बिहान भएको दुर्घटनामा स्कुटरमा सवार २ जनाको मृत्यु भण्डारी र गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us