समाचार

आफ्नो गाउँलाई खुला दिसामुक्त घोषणा गर्दै बाबुरामले भने, ‘८ माघमै संविधान’

२०७१ जेठ ३१ गते १४:१३

गोरखा, ३१ जेठ – एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले आगामी माघ ८ गतेसम्म मुलुकले नयाँ संविधान पाउने दाबी गरेका छन् । गोरखास्थित आफू जन्मेको गाउँ खोप्लाङको नरेश्वरलाई खुला दिसामुक्त घोषणा गरेपछि बोल्दै उनले संविधान निर्माण प्रक्रियामा सकारात्मक प्रगति भइरहेको बताए । संविधानसभाअन्तर्गतको संवैधानिक...

यो पटक केपी, अर्को पटक माधव: गौतम

२०७१ जेठ ३१ गते १३:१०

बुटवल, ३१ जेठ – एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले नवौं महाधिवेशनमा केपी ओलीलाई अध्यक्षमा सघाउन अध्यक्षका अर्का प्रत्यासी वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् । ओली पक्षले बुटवलमा शनिबार गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गौतमले नवौं महाधिवेशनमा ओलीलाई सर्वसम्मत अध्यक्ष...

नेपालमा जनअपेक्षाअनुसार संविधान बन्ने सुकीको विश्वास

२०७१ जेठ ३१ गते १२:५९

काठमाण्डु, ३१ जेठ– म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीले नेपालको संविधानसभाले जनअपेक्षा अनुसार संविधान बनाउने विश्वास व्यक्त गरेकी छन् । नेपाल भ्रमणमा आएको दोश्रो दिन नयाँबानेश्वरस्थित संविधानसभा भवनमा सभासदहरुलाई विशेष सम्बोधन गर्दै नोबेल पुरस्कार विजेता सुकीले संविधान निर्माणका लागि नेपाललाई सुनौली अवसर सिर्जना भएको बताइन्...

माधव नेपाल भन्छन्, ‘राजतन्त्र फाल्ने बेलामा लुकेर बस्ने, अहिले नेतृत्व दाबी गर्ने ?’

२०७१ जेठ ३१ गते १२:३८

काभ्रे, ३१ जेठ– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले विगतमा आफू राजतन्त्र फाल्न संघर्षको मैदानमा उत्रेका बेला लुकेर बस्नेले अहिले पार्टी नेतृत्व दाबी गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । पार्टीको नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका नेपालले अर्का प्रत्यासी संसदीय दलका नेता केपी शर्मा ओलीप्रति...

शिक्षा नीति र परीक्षा प्रणालीको खराबीले नतिजा बिग्रियो: सरोकारवाला

२०७१ जेठ ३१ गते ११:०६

काठमाण्डु, ३१ जेठ– सरोकारवालाहरुले नेपालको शिक्षा नीति र परीक्षा प्रणाली त्रुटिपूर्ण रहेको भन्दै त्यसमा आमुल परिवर्तनको आवश्कता रहेको औंल्याएका छन् । रिपोर्टर्स क्लबमा शनिबार भएको साक्षात्कारमा शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले मुलुकको शैक्षिक प्रणाली र नीतिमै समस्या रहेकाले एसएलसी परीक्षाको नतिजा खस्केको बताए ।...

सभासदलाई बासी खुवाउने चमेना गृह बन्द

२०७१ जेठ ३१ गते ९:५५

काठमाण्डु, ३१ जेठ– संविधानसभा सचिवालयमा सञ्चालित चमेनागृहसँगको सम्झौता भङ्ग गरी चमेनागृह सञ्चालनमा रोक लगाएको छ । सचिवालयले जयसुमन जनशक्ति सेवा केन्द्र कम्पनी प्रालिद्वारा सञ्चालित चमेना गृह बन्द गराएको हो । चमेनागृह व्यवस्थापन उपसमितिको निर्देशनअनुरुप जेठ २९ गतेदेखि संस्थासँग सम्झौता भङ्ग गरी चमेनागृह सञ्चालनमा रोक...

वैद्य र मातृकासँग छिट्टै एकता: प्रचण्ड

२०७१ जेठ ३१ गते ९:४६

ललितपुर ३१ जेठ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग छिट्टै पार्टी एकता हुने दाबी गरेका छन् । पार्टी सम्वद्ध धनुषा–काठमाण्डु सम्पर्क मञ्चले ललितपुरमा शनिबार गरेको कार्यक्रममा उनले वैद्यसहित माओवाद स्वीकार गर्ने सबै कम्युनिष्ट समूहसँग एकता गर्ने बताए । पार्टी...

नेपाल पक्षका सभासदद्वारा ओलीको कार्यक्रम बहिस्कार

२०७१ जेठ ३१ गते ९:३४

बुटवल, ३१ जेठ– नेकपा एमालेको आसन्न नवौं केन्द्रमा देखिएको चरम गुटबन्दीको असर जिल्लाहरुमा पनि देखिन थालेको छ । अध्यक्षका प्रत्यासी एवम् स.स्दीय दलका नेता केपी शर्मा ओली प्रमख आतिथ्यमा बुटवलको सिद्धार्थ कटेजमा शनिबार भएको लुम्बिनी अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेला नवलपरासीका दुई सभासदले बहिस्कार गरेका...

३२ वर्षपछि एसएलसी पास

२०७१ जेठ ३१ गते ९:१२

इलाम, ३१ जेठ– मानिसले जीवनमा कहिले हरेस खानु हुदैन, धैर्य गरे एकदिन सफलता प्राप्त हुन्छ भन्ने उदाहरण बनेका छन्, इलाम बरबोटेकी निर्मला सञ्जेल । बरबोटे गाउँ विकास समिति–७ की ५३ वर्षीया निर्मलाले यसपटक भने एसएलसी परीक्षा पास गरेकी छन् । उनले खुलातर्फबाट एसएलसी द्वितीय...

रक्तदान गर्न आउने महिला कम

२०७१ जेठ ३१ गते ९:०३

काठमाण्डु, ३१ जेठ– विभिन्न कारणले महिलालाई रगतको आवश्यकता पुरुषलाई भन्दा बढी हुने भए पनि रक्तदान गर्न आउने महिलाको सङ्ख्या भने कम रहेको छ । प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्तसञ्चार केन्द्रको तथ्याङ्कअनुसार रक्तदान गर्न आउने महिला १५ प्रतिशतमात्र रहेका छन् । रगतको आवश्यकता पर्नेमा भने महिला ६०...

एमालेमा विचारका कुरा गर्नेको खुट्टा भाँच्ने षड्यन्त्र: भुसाल

२०७१ जेठ ३१ गते ८:४८

बुटवल, ३१ जेठ– एमाले नेता घनश्याम भुसालले पार्टीभित्र विचार र राजनीतिक संस्कृति बोक्नेहरुका खुट्टा भाँच्ने षड्यन्त्र भइरहेको बताएका छन् । बुटवलमा शनिबार भएको एक कार्यक्रममा उनले विचार र आस्थाको राजनीति गर्नेहरुलाई सांगठनिक रुपमा समाप्त पार्ने खेल भइरहेको बताए । वरिष्ठ नेता माधव नेपाल पक्षधर...

नेपालमा छिटो सत्ता परिवर्तन हुने गरेकामा सुकीले गरिन ब्यङ्ग्य

२०७१ जेठ ३१ गते ४:४४

काठमाण्डु, ३१ जेठ– म्यानमारकी प्रजातान्त्रवादी नेतृ आङ साङ सुकीले समानता र समावेशीताबिना प्रजातान्त्रिक समाजवादको परिकल्पना गर्नै नसकिने बताएकी छन् । काठमाण्डुमा शनिबार भएको ‘समाजवादको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा उनले समाजवादको आधार समानता र समावेशीता भएको बताइन् । कुनै एक प्रभावशाली समुदाय मात्र नभई सबै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us