नेपालमा जनअपेक्षाअनुसार संविधान बन्ने सुकीको विश्वास

काठमाण्डु टुडे २०७१ जेठ ३१ गते १२:५९ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीले नेपालको संविधानसभाले जनअपेक्षा अनुसार संविधान बनाउने विश्वास व्यक्त गरेकी छन् ।

suki
नेपाल भ्रमणमा आएको दोश्रो दिन नयाँबानेश्वरस्थित संविधानसभा भवनमा सभासदहरुलाई विशेष सम्बोधन गर्दै नोबेल पुरस्कार विजेता सुकीले संविधान निर्माणका लागि नेपाललाई सुनौली अवसर सिर्जना भएको बताइन् ।

सुकीले विविध जाति र क्षेत्रको सहभागिता रहेर पनि एक सबैले एक वर्षभित्रै संविधानसभाबाट संविधान जारी गर्ने साझा प्रतिबद्धता जनाएको भन्दै खुसी व्यक्त गरिन् । उनले आफ्नो मुलुक म्यानमारमा प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनमा नेपाले नेपालले लगातार सहयोग गर्दै आएकामा विशेष धन्वयाद दिइन् ।

म्यानमारमा भएको निर्वाचनमा ब्यापक धाँधली भएको चर्चा गर्दै उनले संविधान संशोधन गरी निष्पक्ष निर्वाचनका लागि आफूहरुले संघर्ष गरिरहेको जानकारी दिइन् ।
सभासदलाई सम्बोधन गर्नुअघि सुकीले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग छुट्टै भेट गरेकी थिइन् ।

त्यस क्रममा उनले संविधान निर्माण प्रक्रियामा भएको प्रगतिबारे चासो राखेकी थिइन् । संविधानसभा सचिवालयका अनुसार उनले संविधान निर्माणमा भएको प्रगसितबाट आफू खुसी भएको प्रतिक्रिया दिएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us