काठमाण्डु , १ असार – सामुदायिक वनका उपलब्धिका बारेमा समीक्षा गर्ने उद्देश्यले वन विभागद्वारा आयोजित छैटौँ सामुदायिक वन सम्मेलन भोलिदेखि काठमाण्डौमा सुरु हुने भएको छ । तीनदिन सम्म चल्ने सो सम्मेलनमा वन मन्त्रालय, सामुदायिक वन उपभोक्ता समूह, नेपालको वन संरक्षण तथा प्रवद्र्धनका लागि सहयोग...
काठमाण्डु , १ असार – संविधानसभा व्यवस्थापिका–संसद्अन्तर्गतको सुशासन तथा अनुगमन समितिको आज बसेको बैठक उपसमिति बनाउने छलफलमा सीमित भएको छ । समितिको भावी कार्यक्रम सम्बन्धमा भएको छलफलमा बोल्ने अधिकांश सभासद्ले सुशासन समिति अन्तर्गतको काम विभाजनका लागि उपसमिति बनाई अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।...
काठमाण्डु , १ असार – प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि भोलि सोमबार साँझ ८ बजे अमेरिका प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री कोइरालाको यही असार ५ गते अमेरिकामा स्वास्थ्य परीक्षण हुने तय भइसकेकाले निर्धारित कार्यक्रमको एक दिनअघि असार २ गते नै प्रस्थान गर्ने...
उदयपुर १ असार – एमाले नेता माधवकुमार नेपालले सरकार मनोमानी ढंगले चलेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल उदयपुरद्धारा आइतबार गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले सभासद् मनोनयन, राजदुत नियुक्ति जस्ता गर्नु पर्ने काम छाडेर सरुवा, बढुवा र रकमान्तर तिर सरकार लागेको...
काठमाण्डु , १ असार – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले आइतबार राजधानीमा ‘शान्ति पदयात्रा’ निकालेको छ । पाँचौँ राष्ट्रिय महाधिवेशनको अवसरमा काठमाडौको बसन्तपुरबाट निकालिएको पदयात्रा न्यूरोड , वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर समापन भएको हो । पदयात्राको...
काठमाण्डु, १ असार –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगस्टको पहिलो साता नेपाल आउने भएका छन् । भारतीय प्रधानमन्त्री मोदी अगष्टको पहिलो साता नेपाल भ्रमणमा आउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भ्रमण आपसी सम्बन्ध सुधारमा केन्द्रीत हुने बताइएको छ । प्रधानमन्त्री भएपछि मोदीको नेपाल भ्रमण...
चितवन, १ असार । जिल्ला प्रशासन कार्यालय चितवनले यही असार ८ गते हुन गइरहेको संविधानसभा सदस्यको उपनिर्वाचनलाई दृष्टिगत गरी चितवन क्षेत्र नं. ४ मा बेलुका ७ बजेपछि मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध लगाएको छ । निर्वाचनलाई भयरहित बनाउन अर्को सूचना जारी नभएसम्म त्यस क्षेत्रमा...
काठमाण्डु १ असार–कमजोर बन्दै गएको माओवादी आन्दोलनलाई शक्तिमा रुपान्तरण गराउने पहल थालिएको छ । माओवादी आन्दोलनलाई शक्तिमा रुपान्तरण गराउन आइतवार बिहान नेकपा–माओवादीको केन्द्रीय कार्यालयमा ती दलको संयुक्त बैठक बसेको छ । बैठकमा एमाओवादी,नेकपा–माओवादी,नेकपा (एकीकृत), नेकपा (माओवादी) र क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रमुख नेता सहभागी थिए...
काठमाण्डु, १ असार – नेपाल भ्रमणमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुची आज गौतम वुद्धको जन्मस्थल लुम्विनी जाँदै छन् । सुचीले हिजो नै संविधानसभा, व्यवस्थापिका संसद्का सदस्यहरुलाई सामुहिक सम्बोधन गर्नुभएको थियो । सुची आजै कांग्रेस नेता एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने रात्रीभोजमा पनि सहभागि...
इलाम, १ असार – यो वर्षको प्रवेशिका परीक्षामा इलामका १४ वटा सामुदायिक विद्यालयको नतिजा शून्य भएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार जनता उच्चमावि चिसापानी, सिंहदेवी उच्चमावि आमचोक, विष्णु उच्चमावि फुएँतप्पा, राष्ट्रप्रेमी उच्चमावि साकफारा, सिंहदेवी मावि गोर्खे, फलाँटे मावि चमैता र भगवती मावि गोतामेटार...
काठमाण्डु, १ असार – भारतले नेपाली सेनाका लागि पठाएको विस्फोटक पदार्थ शनिबार काठमाडौं आइपुगेको छ । सैन्य तालमिको लागि समेत आवश्यक पर्ने विभिन्न हतियारहरुको गोलीगठ्ठा र तालिम तथा बम डिस्पोजल कार्यको लागि आवश्यक पर्ने विष्फोटक पदार्थ शनिबार प्राप्त गरेको सेनाले जनाएको नागरिक दैनिकमा खबर छ ।...
काठमाण्डु, ३१ जेठ– यस वर्षको प्रवेशिका परीक्षा एसएलसीमा एक छात्रा र एक छात्रले सर्वाधिकमा समान अंक ल्याएका छन् । काठमाण्डु कपनको रिलायन्स इन्टरनेशनल एकेडेमीका छात्र सञ्जोग कार्की र अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलकी छात्रा दृष्टि गिरीले समान ७ सय ५३ समान अंक ल्याएर उत्तीर्ण भएका...