भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

काठमाण्डु टुडे २०७१ असार १ गते ५:१५ मा प्रकाशित

modiकाठमाण्डु, १ असार –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगस्टको पहिलो साता नेपाल आउने भएका छन् । भारतीय प्रधानमन्त्री मोदी अगष्टको पहिलो साता नेपाल भ्रमणमा आउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भ्रमण आपसी सम्बन्ध सुधारमा केन्द्रीत हुने बताइएको छ । प्रधानमन्त्री भएपछि मोदीको नेपाल भ्रमण तेस्रो हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोदीसँग एक्सर्टनल अफएर मिनिस्टर सुस्मा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित देउल र परराष्ट्र सचिव सुजता सिंह नेपाल भ्रमणमा आउने छन् ।

नेपालमा रहँदा उनले प्रधानमन्त्री सुशील कोइरालासँग मेमा काठमाण्डुमा हुने सार्क सम्मेलनको तयारीका बारेमा छलफल गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९९७ पछि नेपाल भ्रमणमा आउने मोदी दोस्रो प्रधानमन्त्री हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us