सरकार झिनामसिना काममा भुल्यो : नेपाल

काठमाण्डु टुडे २०७१ असार १ गते ७:३६ मा प्रकाशित

उदयपुर १ असार – एमाले नेता माधवकुमार नेपालले सरकार मनोमानी ढंगले चलेको आरोप लगाएका छन् ।

madhav nepalप्रेस चौतारी नेपाल उदयपुरद्धारा आइतबार गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले सभासद् मनोनयन, राजदुत नियुक्ति जस्ता गर्नु पर्ने काम छाडेर सरुवा, बढुवा र रकमान्तर तिर सरकार लागेको प्रष्ट पारे ।

उनले संयुक्त सरकारको अभ्यास र पद्धतिलाई सरकारले पक्रन नसकेको बताउँदै सरकार संचालकको पद्धति बसाउने कुरा सरकारको ध्यान नभएको बताए ।

नेपाली काँग्रेसप्रति लक्षित गर्दै नेपालले सरकार आफ्नो मान्छे कसरी राख्ने भन्ने कुरामा मात्र केन्द्रीत भएको कारण जनतामा आशा जाग्न नसकेको उनको भनाई थियो । सरकारले जुन कार्यशैली अपनाएको छ त्यो कार्यशैलीले संविधान निर्माणमा पनि असर पर्न सक्ने बताउदै नेता नेपालले माघ ८ गते संविधान जारी गर्ने गरि काम भईरहेको बताए ।

पार्टीको नवौं महाअधिवेशनको क्रममा कार्यकर्ता भेटघाटको लागि गाईघाट आईपुग्नु भएका नेता नेपालले संविधान मस्यौदा समिति र राजनितिक संवाद समितिले संविधानका विवादित विषयहरुलाई निष्कर्षमा पु¥याउन सघन रुपमा लागिरहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us