एसएलसी टपरले ल्याए बराबर अंक

काठमाण्डु टुडे २०७१ जेठ ३१ गते १४:३६ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– यस वर्षको प्रवेशिका परीक्षा एसएलसीमा एक छात्रा र एक छात्रले सर्वाधिकमा समान अंक ल्याएका छन् ।
slc topperकाठमाण्डु कपनको रिलायन्स इन्टरनेशनल एकेडेमीका छात्र सञ्जोग कार्की र अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलकी छात्रा दृष्टि गिरीले समान ७ सय ५३ समान अंक ल्याएर उत्तीर्ण भएका हुन् । उनीहरु दुवैले पाएको अंक  ९४ दशमलब १२ प्रतिशत हो ।
कार्कीले अनिवार्य अंग्रेजीमा ९०, नेपालीमा ८८, गणितमा ९९, विज्ञानमा ९४, सामाजिकमा ९१, स्वास्थ्यमा ९२, अतिरिक्त गणितमा ९९ र कम्प्युटर साइन्समा १०० अंक ल्याएका छन् ।

गिरीले अंग्रेजीमा ९५, नेपालीमा ८८, गणितमा ९९, विज्ञानमा ९७, सामाजिकमा ८४, स्वास्थ्यमा ९३, अतिरिक्त गणितमा ९८ र कम्प्युटर साइन्समा ९९ ल्याएकी छन् । सर्वोत्कृष्ट कार्कीले विज्ञानमा प्लस टु अध्ययनपछि  एरोनोटिकल इञ्जिनियरिङ अध्ययन गर्ने बताएका छन् ।

गिरीले भने  विज्ञान विषय पढेर चिकित्सक बन्ने चाहना रहेको बताइन् । उनले परीक्षामा असफल विद्यार्थीलाई निराश नभई निरन्तर प्रयास गर्न आग्रह गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us