
काठमाण्डु , १ असार – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले आइतबार राजधानीमा ‘शान्ति पदयात्रा’ निकालेको छ ।
पाँचौँ राष्ट्रिय महाधिवेशनको अवसरमा काठमाडौको बसन्तपुरबाट निकालिएको पदयात्रा न्यूरोड , वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर समापन भएको हो ।
पदयात्राको शुभारम्भ एसोसिएसनका अध्यक्ष गीता राणाले गरेकी हुन् ।
हिजोदेखि सुरु भएको महाधिवेशनमा विभिन्न ३५ जिल्लाबाट एक हजार दुई सय प्रतिनिधि सहभागी भइरहेका छन् ।
यस महाधिवेशनले नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गर्नेछ ।