समाचार

डुबेर तीनको मृत्यु

२०७१ असार १ गते १२:३५

 काठमाण्डु , १ , असार – जोरपाटी–६ माकलवारी बस्ने खोटाङ लामिडाँडा–२ घर भएका गणेश खतिवडाको ११ बर्षीय छोरा शमिर खतिवडाको नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । शमिर जोरपाटी–६ अत्तरखेल स्थित बागमती नदीमा जेठ ३१ गते पौडी खेल्ने क्रममा डुबेका हुन् ।...

तीनसय ३१ विद्यालयको नतिजा शून्य

२०७१ असार १ गते १२:२२

काठमाण्डु, १ असार – प्रवेशिका परीक्षाको नतिजामा देशभरका तीन सय ३१ विद्यालयको नतिजा शून्य देखिएको छ । परीक्षा नियन्त्रक विष्णुृबहादुर द्वारेका अनुसार सबभन्दा बढी पाँचथरमा २३ विद्यालयको नतिजा शून्य देखिएको छ । शिक्षा पत्रकार समूहद्धारा आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा नियन्त्रक द्वारेले दिएको जानकारीअनुसार मोरङमा...

नवजात शिशुको हत्यारा पक्राउ

२०७१ असार १ गते १२:१८

बाग्लुङ, १,असार – अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको हत्या गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्तहरु सुनखानी–४ बस्ने १८ बर्षीया यमकुमारी वि.क. र सुनखानी–६ बस्ने ३६ बर्षीय जितबहादुर वि.क.रहेको स्रोतले जनाएको छ । अभियुक्त यम कुमारी बि.क.को श्रीमान बैदेशिक रोजगारमा रहेको कारण सुनखानी–५...

नेत्री प्रधानको स्वास्थ्यमा क्रमिक सुधार

२०७१ असार १ गते १२:१६

काठमाण्डु, १ असार – एमाले नेत्री तथा नेपालको वाम–लोकतान्त्रिक आन्दोलनकी अग्रणी साहना प्रधानको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । उपचारमा सङ्लग्न चिकित्सक डा सङ्गीतलाल कसजुले नेत्री प्रधानको स्वास्थ्यमा क्रमिक सुधार भएको भए पनि फोक्सोमा सङ्क्रमण बढ्न नदिनका लागि भेन्टिलेटरमा राख्नुपरेको बताए । नेत्री प्रधानको...

युवा उद्यमशिलता बढाउने कार्यक्रम ल्याउनुपर्ने : नेविसंघ

२०७१ असार १ गते १२:०३

काठमाण्डु, १ असार –  नेपाल विद्यार्थी संघले आउदो बजेटमा युवा वर्गमा उद्यमशिलता बढाउने कार्यक्रम ल्याउन माग गरेको छ । संघले आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्द पोखरेललाई ज्ञापन पत्र बुझाएको हो । बजेटमा युवाहरुको सिपलाई प्रवद्र्धन गरी स्वदेशमै रोजगारको अवस्था सृजना हुने गरी...

ट्याक्टरको ठक्करबाट स्कूले बालकको मृत्यु

२०७१ असार १ गते १२:०१

सिराहा , १ असार – आइतबार मध्याह्न ट्याक्टरको ठक्करबाट खिरौना १ बस्ने ९ बर्षीय तिलक पासवानको मृत्यु भएको छ । खिरौना–२ स्थित भित्री सडकखण्डमा स्कुलबाट घरतर्फ जाने क्रममा स.१ त २६८८ नम्वरको ट्याक्टरले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि पिडीत पक्ष...

राजनीतिपछि जेपी गुप्ता लागे तरकारी खेतीमा (फोटो सहित)

२०७१ असार १ गते ११:४७

काठमाण्डु, १ असार – पूर्वमन्त्री तथा मधेशवादी नेता जयप्रकाश गुप्ता तरकारी तथा फलफूल खेतीमा लागेका छन् । गृहजिल्ला सप्तरीको धरमपुरमा गुप्ताले तरकारी र फलफूल खेती गरेका हुन् । भष्ट्राचारको आरोपमा गुप्ताले कैद भुक्तान समेत गरीसकेकाछन् । गुप्ता मधेशी जनाधिकार फोरम परित्याग गरी नयाँ मधेशी...

अवैध चाँदीका गहना सहित भारतीय पक्राउ

२०७१ असार १ गते ११:४७

पर्सा, १ असार – भारत घोडासन बस्ने ६० बर्षीय जहर मियाँलाई प्रहरीले अंदाजी ५ किलो अवैध चाँदीका तैयारी गहना सहित पक्राउ गरेको छ । मियाँलाई बिरगंजबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना.२ ख २२३९ नम्वरको बसको चेकजाँच गर्ने क्रममा बिरगंज उपमहानगरपालिका–१७ स्थित गण्डक चेक पोष्टबाट पक्राउ...

पूर्वराजा वीरेन्द्रको विदेशी खातामा ४५ हजार ४५ बेलायती पाउण्ड सम्पत्ति

२०७१ असार १ गते ११:४७

काठमाण्डु, १ असार – नेपाल ट्रष्टले पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा विदेशमा ४५ हजार ४५ बेलायती पाउण्ड मात्र रहेको खुलासा गरेको छ । जानकारी अनुसार विदेशमा ४५ हजार ४५ पाउण्ड र १० हजार नेपाली रुपैयाँ चल सम्पत्ति भेटिएको थियो । पूर्व राजपरिवारका सदस्यको...

डलरमा पिपिए सम्झौता राष्ट्रिय हित विपरीत

२०७१ असार १ गते ११:४६

काठमाण्डु, १ असार – सभासद्हरुले जलविद्युत्का क्षेत्रमा वैदेशिक मुद्रामा भएका विद्युत् खरिद सम्झौता (पिपिए) राष्ट्रिय हित विपरीत भएको आरोप लगाएका छन् । सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा बोल्ने सभासद्हरुले ३६ मेगावाटको भोटेकोसी र ६० मेघावाटको खिम्ती जलविद्युत् आयोजनामा डलरमा भएको पिपिए सम्झौता राष्ट्रिय हित...

राजनीतिक दलको छत्रछाँयाबाट मुक्त हुनु नै शिक्षा क्षेत्रको उपलब्धी : मन्त्री यादव

२०७१ असार १ गते १०:५१

काठमाण्डु, १ असार – शिक्षा मन्त्री चित्रलेखा यादवले राजनीतिक शीर्ष तहबाट प्रतिबद्धता आएमा शिक्षा क्षेत्रमा देखिएका सबैखाले समस्या न्युनिकरण गर्न आफू र मन्त्रालय तयार रहेको बताएकी छिन् । व्यवस्थापिका–संसद् मातहतको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई...

बसको ठक्करबाट महिलाको मृत्यु

२०७१ असार १ गते १०:४५

विराटनगर, १ असार – आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको नर्सिङ–१ मा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार पूर्वतर्फ आइरहेको ना३ख ५३५३ नम्बरको बसले सोही दिशातर्फ आइरहेको को६प ८५८२ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us