
सिराहा , १ असार – आइतबार मध्याह्न ट्याक्टरको ठक्करबाट खिरौना १ बस्ने ९ बर्षीय तिलक पासवानको मृत्यु भएको छ ।
खिरौना–२ स्थित भित्री सडकखण्डमा स्कुलबाट घरतर्फ जाने क्रममा स.१ त २६८८ नम्वरको ट्याक्टरले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको हो ।
घटनापछि पिडीत पक्ष आक्रोसित भई ट्याक्टरमा आगजनी गरेका छन् ।
घटनास्थलको भिडलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड अश्रुग्याँस समेत फायर गर्नुपरेको पैहरीले जनाएको छ ।
घटनापछि ट्याक्टर चालक भने फरार रहेको र खोजिकार्य जारी रहेको स्रोतले जनाएको छ ।