नेत्री प्रधानको स्वास्थ्यमा क्रमिक सुधार

काठमाण्डु टुडे २०७१ असार १ गते १२:१६ मा प्रकाशित

काठमाण्डु, १ असार – एमाले नेत्री तथा नेपालको वाम–लोकतान्त्रिक आन्दोलनकी अग्रणी साहना प्रधानको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।

Sahana_Pradhan(2)उपचारमा सङ्लग्न चिकित्सक डा सङ्गीतलाल कसजुले नेत्री प्रधानको स्वास्थ्यमा क्रमिक सुधार भएको भए पनि फोक्सोमा सङ्क्रमण बढ्न नदिनका लागि भेन्टिलेटरमा राख्नुपरेको बताए ।

नेत्री प्रधानको फोक्सोको सङ्क्रमण तथा मस्तिष्काघातका कारण अस्वस्थ भएपछि गत जेठ २३ गते उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालको सघन उपचार कक्ष उपचार भइरहेको छ ।

डा कसजुले नेत्री प्रधानको मस्तिष्कमा रगत जमेको तथा हाडजोर्नीको समस्या र फोक्सोमा समेत सङ्क्रमण रहेकाले भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको जानकारी दिए ।

तीन वर्षदेखि अस्वस्थ रहेकी ८८ वर्षीया प्रधान छ महिनादेखि बोल्न सक्दिनन् । न प्रधान नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जीवन सङ्गिनी हुनुहुन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us