
काठमाण्डु , १ , असार – जोरपाटी–६ माकलवारी बस्ने खोटाङ लामिडाँडा–२ घर भएका गणेश खतिवडाको ११ बर्षीय छोरा शमिर खतिवडाको नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
शमिर जोरपाटी–६ अत्तरखेल स्थित बागमती नदीमा जेठ ३१ गते पौडी खेल्ने क्रममा डुबेका हुन् ।
नदीमा डुबेर बेहोस भएका उनलाई उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ ।
सोलुखुम्बु – बतासे २ बस्ने मित्रलाल बास्तोलाको ६ बर्षीय छोरा सुजन बास्तोलाको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
उनलाई जेठ ३१ गते घर नजिकै शौचालय बनाउन खनेको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको अवस्थामा फेला पारेको स्रोतले जनाएको छ ।
कैलाली – धनगढी नगरपालिका ८ स्थित सेती प्राविधिक तालिम केन्द्र धनगढीको होस्टेलमा काम गर्ने सरस्वती देवी चौधरीको २ बर्षीया छोरी स्वसंग चौधरीको पानीको ट्यांकीमा डुबेर मृत्यु भएको छ ।
जेठ ३१ गते पानीको ट्यांकीमा डुबेर असक्त भएकी बालिकालाई तत्कालै उद्धार गरी उपचारको लागि सेती अंचल अस्पताल धनगढी लगिएको थियो ।
उनको उपचारकै क्रममा मृत्यु भएको हो ।