तीनसय ३१ विद्यालयको नतिजा शून्य

काठमाण्डु टुडे २०७१ असार १ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, १ असार – प्रवेशिका परीक्षाको नतिजामा देशभरका तीन सय ३१ विद्यालयको नतिजा शून्य देखिएको छ । परीक्षा नियन्त्रक विष्णुृबहादुर द्वारेका अनुसार सबभन्दा बढी पाँचथरमा २३ विद्यालयको नतिजा शून्य देखिएको छ ।

शिक्षा पत्रकार समूहद्धारा आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा नियन्त्रक द्वारेले दिएको जानकारीअनुसार मोरङमा १२, उदयपुरमा १३, काठमाडाँैंमा एक, सूर्खेतमा १०, बाजुरामा ११, अछाममा १७, डोटीमा १४, इलाममा १५, खोटाङमा ११, सप्तरीमा ११ र बाँकेमा १० विद्यालय शून्य भएका छन् ।

उनले विद्यमान परीक्षा प्रणालीलाई समयानूकुल परिवर्तन गर्दैमा शिक्षा सुधार आउँदैन भन्दै शिक्षकले पढाउने र विद्यार्थीले पनि मेहनत गर्नाको विकल्प नभएको बताए ।

शिक्षाविद् डा विद्यानाथ कोइरालाले विद्यालयमा नयाँ नयाँ विद्यार्थी आइरहेको तर शिक्षक पुरानै भएकाले हालै सार्वजनिक नतिजामा ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताए ।

मनोविज्ञ डा गोपीलाल न्यौपानले विद्यार्थीको मूल्याङ्कन पद्धति नै फेर्नुपर्ने जनाए । अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षा प्रणाली गलत भएका कारण विद्यार्थी अनुत्तीर्ण भएको तर त्यसको दोष विद्याथीलार्ई दिन नहुने तर्क राखे ।

कार्यक्रममा यस वर्ष छात्रतर्फ उत्कृष्ट ठानिएका रिलायन्स एकेडेमीका विद्यार्थी सन्जोग कार्कीले आफ्नो सफलताको श्रेय आफ्नो मेहनत, शिक्षक, अभिभावक र विद्यालयलाई दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us