राजनीतिपछि जेपी गुप्ता लागे तरकारी खेतीमा (फोटो सहित)

काठमाण्डु टुडे २०७१ असार १ गते ११:४७ मा प्रकाशित

jp guptaकाठमाण्डु, १ असार – पूर्वमन्त्री तथा मधेशवादी नेता जयप्रकाश गुप्ता तरकारी तथा फलफूल खेतीमा लागेका छन् । गृहजिल्ला सप्तरीको धरमपुरमा गुप्ताले तरकारी र फलफूल खेती गरेका हुन् । भष्ट्राचारको आरोपमा गुप्ताले कैद भुक्तान समेत गरीसकेकाछन् ।

गुप्ता मधेशी जनाधिकार फोरम परित्याग गरी नयाँ मधेशी शक्ति बनाउने अभियानमा समेत रहेका छन् । गुप्ताले भनेका छन् ‘मेरो सुन्दरी फर्ममा कन्दमूल तरकारी लगाउन थालेको छु, अंगुर मज्जाले फल्यो, लिची पनि त्यसरी नै फल्यो तर आँप भने यसपटक थोरै फल्यो बेचेरै सिध्याइसके । ’

आफ्नो फेसवुक स्टासटमा समेत उनले सुन्दरी फर्मको फोटा पोष्ट गरेका छन् ।

अदालतको बयानमा सम्पतिको स्रोत आँप खेती भएको गुप्ताले बताएका थिए । गुप्ता लेख्छन् ‘आपको रुखमुनि धान फल्छर ? भनेर अज्ञानीहरुले भने पनि मैले आपमुनि मज्जाले बेसार फलाएको छु । ’

सप्तरीको कृषि कार्यालयको आग्रहमा जेपी गुप्ताले ६० रुपैयाका दरले बेसारको बिउ बेचेको बताए । पोखरीमा माछा समेत हुर्कदै गरेको समेत उनले बताए । मरिच खेती फस्टाउँदै गरेको र अव बेमौसमी तरकारी खेती गर्ने गुप्ताले उल्लेख गरेका छन् । गुप्ताले लेखको छन् ‘।

यो उखरमाउलो गर्मीमा अब थप १० दिन खेति किसानी, अनि अरू तिर । गर्मी मधेसको आफ्नै याम हो हैं । ’

3

1

7

4

5

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us