
पर्सा, १ असार – भारत घोडासन बस्ने ६० बर्षीय जहर मियाँलाई प्रहरीले अंदाजी ५ किलो अवैध चाँदीका तैयारी गहना सहित पक्राउ गरेको छ ।
मियाँलाई बिरगंजबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना.२ ख २२३९ नम्वरको बसको चेकजाँच गर्ने क्रममा बिरगंज उपमहानगरपालिका–१७ स्थित गण्डक चेक पोष्टबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनको साथबाट अवैध चाँदीका गहनाहरु बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।