माओवादी आन्दोलनका पाँच दल एक ठाउँमा

काठमाण्डु टुडे २०७१ असार १ गते ४:२० मा प्रकाशित

cpn-maoist1काठमाण्डु १ असार–कमजोर बन्दै गएको माओवादी आन्दोलनलाई शक्तिमा रुपान्तरण गराउने पहल थालिएको छ ।
माओवादी आन्दोलनलाई शक्तिमा रुपान्तरण गराउन आइतवार बिहान नेकपा–माओवादीको केन्द्रीय कार्यालयमा ती दलको संयुक्त बैठक बसेको छ ।
बैठकमा एमाओवादी,नेकपा–माओवादी,नेकपा (एकीकृत), नेकपा (माओवादी) र क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रमुख नेता सहभागी थिए । बैठकमा संयुक्त संयन्त्रको अवधारणा माथि छलफल गरिएको र त्यसबारे आवश्यक निर्णय अर्को बैठकमा गर्ने निश्चित गरिएको नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले बताए ।
अर्को बैठक आगामी असार ७ गते एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा अर्को बैठक बस्ने निर्णय गरिएको छ । थापाका अनुसार बिद्यमान जल्दाबल्दा राजनीतिक साझा मुद्दाहरुलाई लिएर सहकार्य र आवश्यक बिषयहरुमा बिचार बिमर्श गर्नका लागि सहभागी राजनीतिक दलहरुका वीचमा बिचार आदान प्रदान गरिएको छ ।Press note on Karyagat Ekta
नेकपा–माओवादीले संबिधानसभा निर्वाचन बहिस्कार गरेको थियो भने एमाओवादी संबिधानसभा निर्वाचनमा तेस्रो दल बनेको थियो । दुई बर्ष अघि विभाजित ती दुवै दलले पार्टी एकताका लागि वातावरण बनाउन कार्यगत एकता गर्दै अगाडि बढने निधो गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us