प्रधानमन्त्री भोलि अमेरिका जाने

काठमाण्डु टुडे २०७१ असार १ गते ८:०८ मा प्रकाशित

काठमाण्डु , १ असार – प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि भोलि सोमबार साँझ ८ बजे अमेरिका प्रस्थान गर्ने भएका छन् ।

Sushil-Koiralaप्रधानमन्त्री कोइरालाको यही असार ५ गते अमेरिकामा स्वास्थ्य परीक्षण हुने तय भइसकेकाले निर्धारित कार्यक्रमको एक दिनअघि असार २ गते नै प्रस्थान गर्ने भएका हुन् ।

प्रधानमन्त्री कोइरालाका साथ उनका निजी चिकित्सक प्रा.डा. करवीरनाथ योगी, नातेदार मृदुला कोइराला र अतुल कोइराला, सुरक्षा गार्ड कर्णेल प्रकाश देउजा जाने तयारी भइसकेको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ ।

केही दिनअघि मात्र प्रधानमन्त्री कोइरालाको स्वास्थ्य जाँचका क्रममा फोक्सोमा दाग देखिएपछि चिकित्सकको टोलीले राम्रो अस्पतालमा उपचारका लागि सिफारिस गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us