सामुदायिक वन सम्मेलन भोलिदेखि

काठमाण्डु टुडे २०७१ असार १ गते ९:३० मा प्रकाशित

काठमाण्डु , १ असार – सामुदायिक वनका उपलब्धिका बारेमा समीक्षा गर्ने उद्देश्यले वन विभागद्वारा आयोजित छैटौँ सामुदायिक वन सम्मेलन भोलिदेखि काठमाण्डौमा सुरु हुने भएको छ ।

forestतीनदिन सम्म चल्ने सो सम्मेलनमा वन मन्त्रालय, सामुदायिक वन उपभोक्ता समूह, नेपालको वन संरक्षण तथा प्रवद्र्धनका लागि सहयोग गर्दै आएका दातृ निकाय, वन अध्ययन तथा अनुसन्धानमा संलग्न विज्ञ लगायतका ३०० जनाको सहभागिता रहनेछ ।

सामुदायिक वन महाशाखाका सहायक वन अधिकृत सञ्जीव ढकालका अनुसार सम्मेलनमा सामुदायिक वनसँग सम्बन्धित ३५ कार्यपत्र प्रस्तुत गरिनेछ ।

वन संरक्षण, प्रवद्र्धन तथा उपयोगका लागि गठन भएको सामुदायिक वन उपभोक्ता समूहको सङ्ख्या १८ हजार १३३ पुगिसकेको छ ।

ती समूहमा करिब २३ लाख घरधुरी आबद्ध रहेका छन् । यस्ता समूहले करिब १७ लाख हेक्टर वनको संरक्षण गरिराखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us