
बुटवल, ३१ जेठ– नेकपा एमालेको आसन्न नवौं केन्द्रमा देखिएको चरम गुटबन्दीको असर जिल्लाहरुमा पनि देखिन थालेको छ ।
अध्यक्षका प्रत्यासी एवम् स.स्दीय दलका नेता केपी शर्मा ओली प्रमख आतिथ्यमा बुटवलको सिद्धार्थ कटेजमा शनिबार भएको लुम्बिनी अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेला नवलपरासीका दुई सभासदले बहिस्कार गरेका छन् ।
ओलीको कार्यक्रम बहिस्कार गर्नेमा सभासदहरु बैजनाथ चौधरी र कृष्ण पौडेल छन् । महतले गाउँ कमिटीभन्दा माथिका सबै कार्यकर्तालाई भेलामा अनिवार्य उपस्थित हुन भनेकामा चौधरी र पौडेलले गुटगत भेलामा नजान भन्दै गोप्य सर्कुलर जारी गरेका हुन् ।
दुवै पक्षको परस्परविरोधी निर्देशनका कारण कार्यक्रममा जाने कि नजाने भन्नेमा कार्यकर्तामा अन्यौलतमा देखिएको छ । उता अध्यक्षका अर्का प्रत्यासी माधव नेपाल पक्षले आगामी ४ असारमा सोही स्थानमा आफू पक्षधरको भेला आयोजना गरेको छ ।