
बुटवल, ३१ जेठ– एमाले नेता घनश्याम भुसालले पार्टीभित्र विचार र राजनीतिक संस्कृति बोक्नेहरुका खुट्टा भाँच्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
बुटवलमा शनिबार भएको एक कार्यक्रममा उनले विचार र आस्थाको राजनीति गर्नेहरुलाई सांगठनिक रुपमा समाप्त पार्ने खेल भइरहेको बताए ।
वरिष्ठ नेता माधव नेपाल पक्षधर भुसालले त्यस्तो प्रवृतिविरुद्ध प्रतिरोधमा उत्रन कार्यकर्तालाई अपिल गरे । ‘विचार बोक्नेहरुका सांगठनिक रुपमा खुट्टा भाँच्ने षड्यन्त्र भइरहेको छ’, भुािलले भने, ‘त्यस्तो प्रवृत्तिविरुद्ध देशभरबाट प्रतिकारमा उत्रनुपर्छ ।’
उनले अध्यक्षका प्रत्यासी संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी चलाउन नसक्ने ठोकुवा गरे । ओली पक्षले नेताहरुलाई सरकारी पदको प्रलोभन देखाएर आफूतिर आकर्षित गर्न खोजेको आरोप लगाए । उनले पार्टीको नवौं महाधिवेशन एक थान नेता चुन्ने थलोमा परिणत हुने खतरा रहेको भन्दै सैद्धान्तिक प्रष्टताबिना पार्टीको जीवन समाप्त हुने उल्लेख गरे ।