
बुटवल, ३१ जेठ – एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले नवौं महाधिवेशनमा केपी ओलीलाई अध्यक्षमा सघाउन अध्यक्षका अर्का प्रत्यासी वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।
ओली पक्षले बुटवलमा शनिबार गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गौतमले नवौं महाधिवेशनमा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन सघाए दसौं महाधिवेशनबाट नेपाललाई अध्यक्ष बन्न सघाउने बताए ।
‘यो पटक कमरेड केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बनाऔं’, गौतमले भने, ‘पद नै चाहिएको हो भने दसौं महाधिवेशनबाट अध्यक्ष बन्न माधव कमरेडलाई सघाउन म तयार छु ।’ गौतमले ओलीलाई नेतृत्वमा आउन नदिन नेपाल पक्ष कसम खाएर मैदनामा उत्रिएको भन्दै रोष प्रकट गरे ।
पार्टीमा वरिष्ठ भएर पनि ओलीले नेतृत्व गर्न नपाएको भन्दै गौतमले उनीमाथि अन्याय भएको दाबी गरे ।